केटी देख्नै हुँदैन... रोग के हो?

फाल्गुण ८ आइतबार

रमेश २५ वर्षका मात्र छन् । उनलाई केटी देख्नै हुदैन । नजीक पुग्योकि सेक्स गर्न मन लागि हाल्छ । त्यसैले उनी केटी देख्योकि भाग्छन् । घरमा पनि आफ्ना नातेदार केटी छेउ बस्न पनि सक्दैनन् । थाहा छ उनलाई, यो सोचाई गलत हो । तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् । जति गरेपनि नकारात्मक सोचाई आउन छाड्दैन । हेर्दा उनी ठिक र फिट पनि छन् । सेक्सको कुरामा मात्र उनलाई गलत विचार आउँछ । उनी यस्तो समस्या भन्न पनि सक्दैनन् । लुकाउन पनि नसक्ने अवस्थामा छन्।

समस्या बढ्दै गएपछि उनी मन्दिर पुग्छन् । मन्दिरमा जादाँ पनि भगवानकै बारेमा नकारात्मक सोच आउँछ । घर आउछन् नुहाएर ‘कुल’ हुन चाहन्छन् । घण्टाै‌सम्म नुहाइरहन्छन्।


यस्ता अनौठा, विचित्र र अशुद्ध सोचाई उनको मनमा पटकपटक आइरहन्छन् । यस्ता अशुद्ध सोचाइले गर्दा छटपटी पैदा हुन्छ । के गरौं र कसो गरौं हुन्छ । कहिलेकाँही चिच्याउने पनि गर्छन् । धेरै मानिसलाई यो कुनै रोग हो भन्ने लाग्दैन । उमेरले भयो होला भन्ने सोच्छन् । किनकि मानिसलाई लाग्छ, मानिसको मन न हो, बहकिन्छ । कहिलेकोही जे पनि सोचिन्छ । जब उनी यो समस्यामा चरम उत्कर्षमा पुग्छन्, त्यसपछि मात्र डाक्टरको सहारामा पुग्छन्।

कस्तो समस्या हो यो?
यस्तो समस्यालाई अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसिडि) भनिन्छ । यो एक मनोवैज्ञानिक समस्या हो । यस्तो समस्या भएका मानिसमा सोचाइको सीमा नै हुँदैन । यस्ता सोचाइ हटाउन केही काममा व्यस्त हुनुपर्ने हुन्छ ।

यो एउटा यस्तो रोग हो जसमा बारम्बार एउटै सोचाई, विचार, दृश्य दिमागमा आइरहँदा छटपटी हुन्छ । हटाउने चाहना हुँदाहुँदैं पनि बारम्बार सोचाई दोहोरिरहन्छ । यस्ता समस्या भएका कतिपय बिरामीमा डिप्रेसनका लक्षण पनि पाइन्छन् । बिरामी मनभित्र अनेकौ सोचाईबाट ग्रसित हुन्छन् ।

के कारणले हुन्छ  यस्तो?
यो रोगको खास कारण थाहा छैन । तर मस्तिष्कमा सेरोटोनिन् भन्ने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ । बंशाणुगतरुपमा पनि यो रोग सर्ने गर्छ ।

यो रोगको उपचार कसरी गरिन्छ?
यसमा विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार  गरिन्छ, जसअन्तर्गत सोचाइ परिवर्तन गराउने, बिरामीको सोचाइअनुसार ध्यान केन्द्रित हुन नदिनेजस्ता उपचार गराइन्छ । समयमै वास्ता गरिएन भने यो रोग पछि कडा मानसिक रोगका रूपमा देखा पर्छ । पटक–पटक एउटै काम गर्ने मानिसलाई आफूले त्यो काम किन गरिरहेको छु भन्ने ख्यालै हुँदैंन । अरूले उसको बानी नै त्यस्तै रहेछ भनिठान्छन् । तर, समस्या जटिल बन्दै गएपछि मात्र यो रोग लागेको थाहा हुन्छ।

कस्तालाई हुन्छ यो रोग?
यो रोग अन्त्यन्तै नैतिकवान, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने
खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसले अरूबाट पनि आफूजस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि मनमा ठुलो रुपमा लिने मानिसमा हुने सम्भावना बढी हुन्छ ।
via :swasthyakhabar

राजनीति गर्न सरकारी जागिर छाडेँ : कोमल वली

काठमाडौं, ८ फागुन । पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल वलीप्रति राप्रपामा आकर्षण देखिएको छ । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे पनि वलीले खुला केन्द्रीय सदस्यमै निर्वाचन लड्ने घोषणा गरेकी छिन् ।

वलीले शनिबार बन्दसत्र भइरहेको भृकुटीमण्डपको बगैँचामा ‘महिला कोटामा होइन खुलामा उठेकी छु’ भन्दै भोट मागेकी थिइन् । उनले भोट माग्दै गर्दा उनीसँग फोटो खिचाउने र सेल्फी लिनेको भीड लागेको थियो ।


राजनीतिमा मेरो पहिलो पाइला हो । राष्ट्रवादी र देशभक्त राप्रपा, हिन्दूधर्मका लागि आवाज उठाउने, अखण्डताको पक्षमा उभिने, राजसंस्थाको विषय उठाउने पार्टी हो । यो सोच नेपालका लागि आवश्यक छ । यसैले गर्दा राप्रपामा प्रवेश गरेको हुँ । खुला सदस्यमा उठ्नु भनेको म सक्षम छु, मलाई आरक्षण कोटा चाहिँदैन भन्ने हो ।

मैले पार्टीमा एकदमै सपोर्ट पाइरहेको छु । म सत्कर्म गर्ने मान्छे, सकारात्मक विचार र सोच छ, छलकपट छैन । विद्यार्थीकालदेखि नै राजसंस्थाप्रति लगाव थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले दिएको छात्रवृत्तिमा पढेर यहाँसम्म आएकी हुँ । म रङ फेर्ने, यताउति दौडने पक्षमा छैन । मलाई कमल थापाले नै पार्टीमा प्रवेश गराउनुभयो । केन्द्रीय सदस्यमा म सबैभन्दा बढी मत ल्याएर जित्छु भन्नेमा निश्चिन्त छु ।

सरकारी कर्मचारी भएर चुनाव लड्न सजिलो हुँदैन, गर्नु पनि हुँदैन । यो हिसाबले मैले पदबाट राजीनामा दिएको छु । मैले पाउने सुविधा लिएको छैन, अब लिने प्रक्रियामा छु ।

आजको नयाँ पत्रिकामा खबर छ

हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा

बैतडी, ८ फागुन । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् ।

फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।

दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो “थुनुवा कक्षको नटबोल्ड तोडेर फरार भएको देखिएको छ ।”

फरार विष्टको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ ।

प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन । फरार विष्टलाई भाग्नमा कसैको पनि संलग्नता भएको थाहा पाइएका कडा कारबाही गरीने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् ।

एमालेले देश टुक्राएर द्वन्द्व गर्न खोज्यो, अब काँग्रेस विरुद्धमा उत्रिन्छः सभापति देउवा

मेलम्ची,  8 फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउँदै नेपाली काँग्रेस त्यस्तो क्रियाकलापका विरुद्धमा उत्रने चेतावनी दिनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले आज खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली काँग्रेस अग्रसर रहेको र कुनै पनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा देउवाले आगामी चुनावमा नेपाली काँग्रेसले पहिलो स्थान हासिल गर्ने दाबी गर्नुभयो ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एकअर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तिनै ठाउँका जनतालाई एकै किसिमले हेर्नुपर्ने बताउनुभयो ।

नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको बताउनुभयो ।

आर्थिक विकासका लागि तातोपानी नाका खोल्न जरुरी रहेको बताउँदै मन्त्री लेखकले सिन्धुपाल्चोक जिल्लाका सडकका परियोजना प्रतिवेदन (डिपिआर) आफ्नो मन्त्रालयअन्तर्गत पर्ने भएकाले जिल्लाभरि नै करोडौँ करोड रकम यही आर्थिक वर्षभित्र पठाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीयको समस्या र मागलाई सम्बोधन गरी अगाडि बढाउन नेपाली काँग्रेस सदैव जनताका साथमा रहने बताउनुभयो ।

बस्नेतले १५ वर्षभित्र सिन्धुपाल्चोक जिल्लाका हरेक सडकहरु कालोपत्र गर्ने तथा हरेक घरमा खानेपानीको धारा पु¥याउने र हरेक ठाउँमा फलामे बिजुलीको पोल गाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्की, बहादुरसिंह लामा, सरिता प्रसाईं, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, जिल्ला सभापति विकास लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।

नेकाँ क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बाट ५०० भन्दाबढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

भूकम्पपीडितलाई दिइने ट्याक्सीको गोलाप्रथा २६ चैतमा

काठमाडौं, ८ फागुन । भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ । यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,’ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, ‘०७३ सालभित्रै यसको टुंगो लाग्नेछ ।’ ट्याक्सी नम्बरका लागि आवेदन दिने सबैको नाम अपडेट भइसकेको र त्यसलाई किताबका रूपमा छापेर रुजु गरेपछि गोलाप्रथामार्फत ट्याक्सी नम्बर वितरण गर्न लागिएको उनले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

१५ सय ट्याक्सीका लागि डेढ लाख आवेदन

भूकम्पले धेरै क्षति पुर्‍याएका १४ जिल्लाका सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने सुविधा दिन लागेको हो । १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारले आवेदन दिएका छन् । आवेदन दिने सबैको नाम रहेको पुस्तक प्रकाशन गरिने र त्यसलाई १४ जिल्लाकै जिल्ला प्रशासन, मालपोत तथा प्रहरी कार्यालयमा पठाउने विभागको तयारी छ । ‘आवेदन दिएर पनि कसैको नाम छुटेमा जिल्लाबाटै दाबीविरोध गर्न पाइनेछ,’ डा. पाण्डेले भने, ‘थप रुजु गरेर टुंगो लगाएपछि गोलाप्रथाको काम हुनेछ ।’ आवेदन दिनेको नामावली विभागले वेबसाइटमा पनि राख्ने तयारी गरेको छ ।

नतिजा सार्वजनिक गर्न विभागका निर्देशक सोम फुयाँलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले फागुनभित्रै आवेदकहरूको नामसहितको पुस्तक प्रकाशन गरेर जिल्ला जिल्लामा पठाउने तयारी गरेको छ । भूकम्पपीडितहरूलाई राहतस्वरूप सरकारले ट्याक्सी नम्बर दिन लागेको हो । सरकारले ट्याक्सी दर्ता लामो समयदेखि रोक्दै आएको छ । गोलाप्रथामा छनोट हुनेहरूले ट्याक्सी नम्बर मात्र पाउने हुन् । ट्याक्सी भने आफैँले किन्नुपर्ने हुन्छ ।

गोलाप्रथा जित्नेहरूले नयाँ ट्याक्सी किन्न पाउने डा. पाण्डेले बताए । भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, काभ्रे, गोरखा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली र ओखलढुंगा जिल्लाका सर्वसाधारणका लागि ट्याक्सी दर्ताको सहुलियत दिन लागिएको हो ।

दृष्टिविहीन व्यक्तिबाट गोलाप्रथा खोल्ने तयारी

गोलाप्रथाका लागि विभागले एक लाख ४९ हजारकै टोकन बनाउने तयारी गरेको छ । त्यसबाट दृष्टिविहीन व्यक्तिलाई छान्न लगाएर गोलाप्रथा खोल्ने तयारी विभागको छ । ‘विगतमा पनि दृष्टिविहीन व्यक्तिमार्फत यस्ता गोलाप्रथा सार्वजनिक गथ्र्याैं,’ विभागका प्रवक्ता डा. पाण्डेले भने, ‘यसपटक पनि त्यही तयारी छ ।’ सरकारले २८ जेठ २०७२ मा यससम्बन्धी निर्णग गरेर त्यसको एक वर्षपछि मात्र आवेदन लिएको थियो । निर्णय गरेको करिब दुई वर्षपछि ट्याक्सी नम्बर वितरण हुन लागेको हो ।dainiknepal

मधेसी मोर्चाले प्रधानमन्त्रीसँग सम्बन्ध–विच्छेद गर्ने !

काठमाडौं, ८ फागुन । स्थानीय निर्वाचनको मिति घोषणा लम्बिएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार निर्वाचन मिति घोषणा गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको छ । अब स्थानीय तहको संख्याको टुंगो लगाउने र अझै एकपटक मधेसी मोर्चासहित सत्तारुढ दलबीच छलफल गरेर मात्र निर्वाचन मिति घोषणा गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘निर्वाचनका लागि स्थानीय तहको संख्या टुंगो लगाउने, कांग्रेस, मधेसी मोर्चासँग फेरि एकपटक छलफल गरेपछि एक–दुई दिनमै निर्वाचनको मिति घोषणा हुन्छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार मधेसी मोर्चासँग सहमति प्रयास गरेका थिए । तर, मोर्चा नेताहरूले संविधान संशोधनको अडान लिँदै सहमति गर्न नचाहेपछि मिति घोषणामा प्रधानमन्त्री केही दिन अझै कुर्ने मनस्थितिमा पुगेका हुन् ।

फागुन पहिलो सातासम्म स्थानीय निर्वाचन घोषणा गर्न सरकारलाई प्रमुख प्रतिपक्षी दल एमाले लगायतवाट दबाब बढिरहेको थियो । निर्वाचन आयोगले ८ फागुनसम्म निर्वाचन मिति घोषणा गरे जेठमा स्थानीय निर्वाचन गर्न सकिने भन्दै आफनो तर्फवाट कार्यतालिका समेत प्रधानमन्त्रीलाई वुझााएको थियो । तर प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न सकिरहेका छैनन ।

 यसकारण लम्बियो

१. पहिले संशोधनको अडानमा मोर्चा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तारुढ दलले शनिबार बिहान गरेको छलफलमा मधेसी मोर्चाले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा भए तत्कालै आन्दोलनमा जाने चेतावनी दिएको छ । ‘मधेसी मोर्चा शनिबारको बैठकमा सकारात्मक रूपमा प्रस्तुत भएर आएको देखिएन,’ माओवादी केन्द्रकी प्रवक्ता भुसालले भनिन्, ‘त्यसैले मधेसवादी, कांग्रेस र निर्वाचन आयोगसँग अझै एकपटक छलफल गरेर जाने कुरा भएको छ ।’

२. स्थानीय तहको संख्या नतोकिनु

मिति घोषणा गरे पनि निर्वाचन गराउन निर्वाचन आयोगलाई स्थानीय तहको संख्यासहितको प्रतिवेदन आवश्यक पर्छ । आइतबार नै मिति घोषणाको तयारी गरेको सरकारले स्थानीय तह पुनर्संरचना प्रतिवेदनको टुंगो लगाएको छैन । प्रतिवेदनमाथि मधेसी मोर्चाको असन्तुष्टि रहेकाले
परिमार्जनको तयारीमा सरकार छ । प्रतिवेदन नहुँदासम्म आयोगले मतदाता नामावलीलाई अन्तिम टुंगो लगाउने र मतदान केन्द्र तोक्ने काम गर्न सक्दैन ।dainiknepal

एसएसपीको रेट एक लाख, सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा

काठमाडौं, ८ फागुन । सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना यादवलाई सुन तस्करीको आरोपमा पक्राउ गरेपछि उनी सोर्सफोर्स लगाएर १४ वर्षसम्म एयरपोर्ट भन्सारमा बस्नुको रहस्य खुलेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका यादव तस्करहरूको मुख्य विश्वासपात्र व्यक्ति भएको सिआइबीको अनुसन्धानमा खुलेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।


निजामती ट्रेड युनियनका नेतासमेत रहेका यादव नेताहरूको सोर्सफोर्सका आधारमा सधैँ एयरपोर्ट भन्सार बस्दै आएका थिए । सिआइबीका अनुसार उनीसहितको सेटिङमा एक वर्षदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको थियो ।

पक्राउपछि सिआइबीले लिएको बयानका क्रममा यादवले मिलेमतोमै तस्करी हुने गरेको स्विकारेका छन् । प्रहरीलाई समेत पैसा बुझाई सेटिङ मिलाएर तस्करी हुने गरेको बयान उनले दिएका छन् । उनको लिखित बयानका आधारमा सिआइबीले एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको छ ।

एसएसपीको रेट एक लाख !

साढे ३३ किलो सुन तस्करी हुँदा विमानस्थलका तत्कालीन एसएसपी श्याम खत्रीले हरेकपटक एक लाखका दरले पैसा बुझ्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार भन्सारका कर्मचारी श्रीनारायण यादवसँग मिलेर उनले पैसा लिने गरेका थिए ।

सिआइबीले २३ माघमा खत्रीलाई हिरासतमा राखी संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको छ । लगेज चेकिङमा प्रहरीको कुनै भूमिका नहुने भए पनि तस्करीमा अप्रत्यक्ष रूपमा सहयोग गर्न खत्रीलाई सेटिङ मिलाइएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । भन्सारका कर्मचारी यादवकै बयानका आधारमा उनलाई सिआइबीले पक्राउ गरेको हो । तर, खत्रीले भने तस्करीमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन् ।

सुन लिन भारत जाने भरियाहरूले डलर तथा दिरामसमेत तस्करी गर्दै आएका थिए । त्यसमा प्रहरीले सहयोग गरेको हुनसक्ने सिआइबीका अधिकारीको आशंका छ । तर, डलर तस्करीको तथ्य प्रहरीले फेला पार्न सकेको छैन ।

तस्करीको सुन पक्राउ परे पनि भरिया मात्र पक्राउ पर्ने र आफूहरूको संलग्नता नखुल्ने विश्वासमा एसएसपी र भन्सारका कर्मचारीले तस्करीमा सहयोग गर्दै आएका थिए । प्रहरीले विगतमा सुन बरामद गरेलगत्तै भन्सार र राजस्वमा बुझाउने गरेको थियो । तर, यसपटक प्रहरीले संगठित अपराध मुद्दामा उनीहरूमाथि अनुसन्धान गर्दा भन्सारका ६ कर्मचारी र एसएसपीको संलग्नता खुलेको हो ।

विभागको छानबिन रिपोर्ट गोप्य

सुन तस्करी घटनाको अनुसन्धान गर्न भन्सार विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजत्वमा छानिबन समिति बनाएको थियो । समितिले २१ माघमा नै रिपोर्ट बुझाइसकेको छ । तर, रिपोर्ट गोप्य राखिएको छ । विभागमा महानिर्देशक नहुँदा रिपोर्ट सार्वजनिक नभएको दाहालले बताए ।

महानिर्देशक शिशिर ढुंगाना सचिवमा बढुवा भएपछि विभाग नेतृत्वविहीन छ । अर्थ मन्त्रालयले सहसचिव रामशरण चिमोरियालाई महानिर्देशकका रूपमा सरुवा गरे पनि उनी उपस्थित भइसकेका छैनन् । २१ पुसमा सिआइबीले विमानस्थलबाट मिलेमतोमा भित्रिएको साढे ३३ किलो सुनसहित दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई पक्राउ गरेको थियो ।

एयरपोर्ट भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पनि पक्राउ परेका थिए । तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्कीसमेत पक्राउ परेका छन् । एसएसपी खत्री भने गत २३ माघमा पक्राउ परेका हुन् । सुन तस्करीमा संलग्न व्यापारीहरूको समेत पहिचान भए पनि उनीहरू भने दुबईमा रहेको स्रोतले बताएको छ ।

मुख्य एजेन्ट कार्कीले काठमाडौंको उत्तरढोकास्थित दरबार दोहोरी साँझबाट विभिन्न सुन पसलहरूलाई तस्करीको सुन बिक्री गर्दै आएको सिआइबीको दाबी छ । तस्करी गरेर भित्रााउँदा एक किलो सुनमा आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका थिए । तस्करीमा संलग्न भएको आरोपमा विभागका ६ कर्मचारी निलम्बनमा परेका छन् भने अरू ३० जनालाई जिम्मेवारीबाट हटाई विभागमा हाजिर गराइएको छ ।dainiknepal

सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

बुटवल : रुपन्देहीको मझगवामा सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दिनभर झडप भएको छ ।
शनिबार दिउँसो मझगवा गाविस स्थित मर्चवार उच्च माध्यमिक विद्यालयको प्राङगढमा आमसभा गर्ने तयारी गरेका कार्यकर्तालाई प्रहरीले अवरोध गरेपछि बिहानैदेखि झडप भएको हो ।


हामीले अवरोध गर्दा आक्रमण गरेका थिए, मझगवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले भने । पूर्व तयारीबाट गरिएको कार्यक्रमलाई अवरोध गर्न प्रहरी परिचालन गरिएको थियो ।
गएको वर्ष सोही स्थानमा आमसभाका गरेको सिके राउत कार्यकर्ताले अहिले पनि त्यही स्थानलाई छनोट गरेका थिए । आमसभाका लागि केही दिन यता पर्चा पम्प्लेट टाँसिएका थिए ।


टाँसिएका पम्पप्लेट प्रहरीले हटाएको थियो । स्वतन्त्र मधेशको माग गर्नु राष्ट्रियता विपरीत भएपछि प्रहरीले अवरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता वेलबहादुर पाण्डेले झडपमा केही प्रहरी घाइते भएको जानकारी दिए ।
झपडमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठसहितका प्रहरी हवल्दार र केही जवान घाइते भएका छन् । प्रहरीसँगको झडप अहिले पनि जारी रहेको मझगवा प्रहरी कार्यालयका प्रमुख थापाले जानकारी दिए ।annapurnapost

‘अब राजासहितको लोकतन्त्र’

७ फागुन, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा अब वैधानिक रूपमा राजासहितको लोकतन्त्र स्थापना गर्ने घोषणा गरेको छ । राजधानीमा शुक्रबार आयोजित एकता महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पदका प्रत्यासी कमल थापाले भने, ‘अहिले मुलुकमा गणतन्त्र स्थापना भएको छ । संविधानसभाको दुई तिहाइभन्दा बढीले पारित गरेको अहिलेको संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं । हामी निर्वाचनमार्फत संसद्मा हैसियत बनाएर मुलुकमा राजासहितको लोकतन्त्र कायम गर्छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहालतर्फ संकेत गर्दै थापाले भने, ‘तपार्इं बेला-बेलामा चमत्कार गर्नुहुन्छ, अब यो कार्यमा पनि तपार्इं-हामी मिलेर चमत्कार गरौं ।’ उनले मुलुकमा चुनावी राजनीति भन्दामाथि रहने सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था स्थापनाको आवश्यकता भएको बताए । थापाले नेपालको इतिहासमा लामो समय योगदान पुर्‍याएको संस्थाको सदुपयोग गर्न पनि आग्रह गरे ।


आफूले प्रधानमन्त्री दाहालसँग छलफल र काम गर्दा प्रधानमन्त्री आफूनिकट भएको अनुभूति हुने गरेको र यसका लागि राष्ट्रियताको मुद्दाले काम गरेको थापाको धारणा छ । अहिलेको परिवर्तनकारी शक्ति र राजसंस्थावादी शक्ति एकअर्कासँग टाढा नहुन अग्रह गर्दै उनले भने, ‘अब राजसंस्थावादी शक्ति गणतन्त्रवादीसँग नतर्स, गणतन्त्रवादी शक्ति राजसंस्थासँग नझस्क ।’

संविधान संशोधन गरेर मधेसवादी शक्तिका माग सम्बोधन गरिने भनिए पनि अहिले दर्ता भएको प्रस्तावको पक्षमा राप्रपा नभएको उनले बताए ।

उनले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न माग गर्दै त्यसो गरे सबैभन्दा पहिला आफ्नो पार्टीले स्वागत गर्ने घोषणा गरे । महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले कुनै आवेग र उत्तेजनामा निर्णय गर्ने पार्टी नभएको भन्दै राप्रपाको प्रशंसा गरे ।

‘संविधान जारी गर्दा राप्रपा र हामीबीच केही कुरामा मतभेद थिए तर राप्रपाले निर्वाह गरेको भूमिकापछि मलाई लाग्यो, अनुभवी र पाका नेताको सुझबुझपूर्ण निर्णय थियो’, उनले भने । संविधान कार्यान्वयन नभए देश राजनीतिक दुर्घटनामा पर्ने भएकाले त्यसलाई जोगाउने गरी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीले राप्रपा नेतृत्वसँग आग्रह गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ

धादिङ बेनीघाटलार्इ केन्द्र बिन्दु बनार्इ बिहानै भुकम्पकाे धक्का

काठमाडौँ, ७ फागुन । आज बिहान ६ बजे धादिङ बेनीघाट केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प


गएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

युवतीमार्फत राजधानीमा दिउँसै व्यापारी अपहरित



काठमाडौं, ७ फागुन । न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् ।

सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई अपहरण गरी बन्धक बनाइएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका थिए ।

मुखमा पट्टी बाँधी होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर अपहरणकारी भागेको प्रहरीले जनाएको छ । अपहरणकारी भागेपछि व्यापारी अग्रवालले कोठामा भित्रबाट ढकढक गरेपछि होटेलका कर्मचारीले ढोका खोलेका थिए ।

त्यसवेला मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा अग्रवाल भेटिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर तथा महानगरीय प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए ।

दुई अपहरणकारी पक्राउ

प्रहरीले अपहरणकारी समूहका दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न युवतीसहित सबै फरार छन् । मखनमा सारी पसल चलाउँदै आएका अग्रवालको युवतीसँग भने पहिले नै चिनजान रहेको पक्राउ परेकाहरूले बताएका छन् । युवतीले भेट्न बोलाएपछि अग्रवाल होटेलमा गएका थिए । त्यहाँ रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ सुरु गरेका थिए । अग्रवालले तत्काल ७२ हजार र आठ लाख रुपैयाँको चेक दिएका थिए ।

युवतीको माध्यमबाट अपहरण बढ्दो

केही समययता युवती परिचालन गरी अपहरणका घटना बढ्न थालेका छन् । गत ४ पुसमा सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई युवतीमार्फत अपहरण गरी महाराजगन्जमा बन्धक बनाइएको थियो । अपहरणमा संलग्न दुईजना युवक पक्राउ परे भने युवतीसहित मुख्य नाइके अझै फरार छन् । त्यस्तै, गत २३ माघमा नेपालगन्जमा पनि जग्गा व्यवसायी केशरबहादुर रोकायालाई युवतीकै माध्यमबाट अपहरण गरी फिरौती असुलिएको थियो । गिरोहमा आबद्ध युवती रीता गुरुङसहित चारजनालाई प्रहरीले त्यही दिन पक्राउ गरेको थियो ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको शुभकाना सन्देश

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गरेका छन् । ६७ औं प्रजातन्त्र दिवसको अवसरमा उनले एक शुभकामना सन्देश जारी गरेका हुन् ।

उनले शुभकाना सन्देशमा हरेक वर्ग र पेशाका नागरिकले सुखानुभूति गर्न पाउनु नै प्रजातन्त्र भएको भन्दै अहिले भोगिएको व्यवस्थाले जनता खुसी नभएको संकेत गरेका छन् ।


‘किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सूरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले रनष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सूखानूभुति गर्नू नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफूले आफैलाई प्रश्न गर्नू पर्ने घडी आएको छ’ हुभकामना सन्देशमा लेखिएको छ ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्ने भएपनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हूनूपर्नेछ ।’

साथै उनले आफ्नो जिजूबूवा त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सवैको स्मरण समेत गरेका छन् ।

संविधान संशोधन नगरी चुनावको मिति घोषणा भए आन्दोलनमा जाने महतोको चेतावनी

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेर चुनाबी मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताएका छन् ।


भेटमा प्रधानमन्त्री दाहालले चुनाब र संविधान संशोधनलाई साथ साथै अघि बढाउने आश्वासन दिएका थिए भने महतोले संशोधन नगरी कुनै चुनाब हुन नसक्ने भन्दै मिति घोषणा भएकै दिन आन्दोलनको घोषणा गर्न बाध्य हुने बताएका छन्।

प्रधानमन्त्रीले बिहिबार मोर्चाका अन्य नेताहरुलाई एक्लाएक्लै भेट गरी चुनाब लागि मनाउने प्रयास गरेका छन्। उनले आगामी शनिबार संयुक्त रुपमा मोर्चासँग बैठक गर्ने तयारी गरेको बताइएको छ। शनिबारको बैठकपछि मोर्चाले आफ्नो रणनीति तयार गर्ने महतोले जानकारी दिए। सरकारको नियत जालझेल गर्ने देखियो। संशोधनमा अगाडि बढाउन सरकारले चाहेको छैन, उनले भने।

भारतले जस्तै संविधानप्रति मधेसी मोर्चाले पनि असन्तुष्टि जनाउँदै आएको छ। त्यसलाई सम्बोधन गर्न सरकारले सदनमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ। एमाले सहितका दल संशोधनको विरुद्धमा रहँदा सो प्रस्ताव यता न उताको अवस्थामा छ।news24nepal.tv

आफ्नै जिल्लामा जलाइयो गृहमन्त्री निधिको पुत्ला, यस्तो छ कारण


काठमाडौँ, ५ फागुन । गृहमन्त्री विमलेन्द्र निधिको आफ्नै जिल्लामा पुत्ला दहन भएको छ ।

जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टी दुई नम्बर प्रदेशका सह –संयोजक कलाम मुदिन राइनको १५ दिनदेखि जारी अनसनलाई वेवास्ता गरेको भन्दै निधिको पुत्ला जलाइएको हो । आधुनिक जनकपुरको माग गर्दै गत माघ २० गतेदेखि उनीहरु अनसनमा छन् ।

उनीहरुको ७ बुँदे मागमा जनकपुर विकास प्राधिकरण गरी त्यहाँको सर्वाजनिक जग्गालाई संरक्षण गर्नुपर्ने, जनकपुरको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नुपर्ने, जनकपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने, राजर्षी जनक विश्ववद्यालयको स्थापना हुनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेनको चक्रपथ निर्माण हुनपर्ने, जिल्लामा व्याप्त भ्रष्टाचार रोक्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने छ ।

dainiknepal

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

फाल्गुन ५, २०७३- अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् । आरम्भमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको हो । कान्तिपुरबाट साभार गरिएको |

त्रिभुवन विश्व विद्यालयबाट स्तानकोत्तर गरेका तुल्सिपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसकेको भए पनि उनकै टोलीमा रहेका कैयनले अमेरिका प्रवेश गर्न पाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाई र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएको हो । भट्टराईले असहज अवस्थाबारे वासिङटन डीसीस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।

डीसीस्थित नेपाली दूतावासमा पनि मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खवर आएको छ । यद्यपी ति नेपालीहरु महिनौ लगाएर आएका हुनाले अलपत्र पनि कसरी भन्नु भन्दै उनीहरुको बारेमा जानकारी लिने काम भइरहेको दूतावासका एक अधिकारले जनाए । मेक्सिकोको जेलमा परेका छन् कि भनेर दूतावासले मेक्सिकोको सरकारलाई पत्राचार गर्दा त्यहाँको जेलमा कुनै पनि नेपाली नरहेको पत्र दूतावासलाई आएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कोही पनि नेपाली मेक्सिकोका जेलमा छैनन भनिएको छ,’ ति अधिकारीले भने ।

पछिल्लो समय अमेरिकाको विभिन्न राज्यको जेलमा नै २३ जना नेपाली रहेको दुतावास स्रोतले बताए । अन्य कारणबाट अरु नेपाली पनि हुनसक्छ तर पछिल्लो समय कागजपत्र नभएकाहरु यसरी अमेरिकी जेलमा रहेका हुन् । विना भिसाअमेरिका बसेको कारण उनीहरु जेलमा रहेको कतिपयले केश गर्दै स्वदेश फर्कन अस्वीकार गरेकाले अमेरिकन अध्यागमनले उनीहरुको बारेमा बुझ्ने काम गरिरहेको ति अधिकारीले बताए । कुनैपनि खाले अपराधमा नरहेकालाई अमेरिकी अध्यागमनले खासै चासो राख्दैन । तर, अहिले भने युरोपमा झैं अमेरिकी प्रहरीले सोधी खोजी गर्ने र कागजपत्र नभएकालाई फर्काउने नीति अख्तियार गर्न थालेको छ ।

‘बुझेकै नेपाली पनि यसरी आएका छन् भन्ने सुनेको छु । समस्यामा परेको नेपालीलाई उद्दार गर्ने हो । आउने नेपालीहरु नै यसलाई समस्याको रुपमा मान्दैनन् । अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत डा. अर्जुनकुमार कार्कीले कान्तिपुरसंग भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेका छौं ।’

अधिकारीहरुका अनुसार यतिबेला कतिपय नेपालीलाई भने सीमा तोकेर खुट्टामा चिप्स राखेर पनि छाडेको छ । ट्रम्प राष्ट्रपति हुनु अगावै देखि नै यस्ता ब्यक्तिहरु रहने गरेका छन् ।  तर, दूतावासले अनिवार्य नेपाली उपस्थित भएपछि मात्र राहदानी बनाउने नीति लिएपछि त्यस्ता नागरिकले आफू आउन नसक्ने भन्दै स्काइप वा भाइबरमा आफ्नो जानकारी दिन थालेका छन् । तर, पनि दूतावासले आवेदन दिंदा वा राहदानी लिन आफै उपस्थित हुन पर्ने भन्दै दूतावासमा आउनै पर्ने बाध्यकारी नियम लागु गरेको छ । जुन आवश्यक थियो । नागरिकतालगायतका कागजात समेत नक्कली आउने र विदेशीले नेपाली राहदानी लिने हुनाले अनिवार्य उपस्थिति आवश्यक पर्छ । अमेरिकामा तीन लाख बढि नेपाली रहेको अनुमान छ तर एकिन तथ्यांक कसैसंग छैन । गत बार्ष मात्र अवैध रुपमा दुई हजार बढि नेपाली स्थलमार्गबाट आएको अनुमान छ ।

नेपालमा अवसर नदेखेपछि लाखौ खर्चेर नेपालीहरु अमेरिका आउने गरेका हुन् ।  तान्जानिया, केन्याबाट दक्षिण अमेरिका हुदै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । यो बाटो क्युवीयन रुट भनेर चिनिन्छ । कतिपयले सेटिङ मिलाएर दिल्लीबाट मेक्सिकोको भिसा लिएर मेक्सिको आउने र त्यहाँबाट अमेरिका प्रवेशको दाउ हेर्ने गरेको पनि बताइएको छ ।

निकारागुवा, पानामा, होण्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली छन् । दक्षिण अमेरिकी देशले नेपालीप्रति केही लचकता र सम्मान रहने भएकोले नेपालीसँग मिल्दोजुल्दो विदेशीले पनि नेपाली भन्दै आउने गरेका छन् । भुटानी, फिजि, मरिसस, भारत, मलेसिया र बंगालीलगायतले नेपाली भन्ने कतिले नेपाली राहदानी नै बोकेर आउने गरेको समेत जानकारी दूतावासलाई आएको छ ।

तर, पछिल्लो समय अमेरिकामा आप्रवासीका कठिन दिन सुरु भएको छ । त्यस्तै दक्षिण अमेरिकी मुलुकले पनि अमेरिका पठाउने भन्दा समातेर सम्वन्धित मुलुक फिर्ता गर्न थालेको छ । यसरी फिर्ता गर्दा अमेरिकाले उनीहरुलाई सघाउने समेत गरेको अधिकारीले बताए । एक पटक पनि भिसा नलिएको नेपालीलाई छानविनको दायरामा राख्ने र फर्काउन समेत सक्ने अवस्था छ । कतिपय भिसामा आएर पनि शरणार्थीमा आवेदन दिने र बस्ने गरेका छन । कैयनले आफ्नो मुलुकको ‘एक्स्ट्रा अर्डीनरी’ नागरिक भन्ने प्रमाणित गर्दै ग्रिनकार्ड समेत भर्ने गरेका छन् । त्यसमा कैयन सफल पनि भएका छन । आउँदा दिनमा त्यस्ता कार्यलाई रोक्ने तयारी अमेरिकी सरकारको छ ।

अवैधानिक मात्र होईन, वैधानिक आप्रवासी पनि आप्रवासन सुधारका कदमबाट त्रसित छन् । राष्ट्रपति ट्रम्पको आप्रवासन सुधार एवं सशक्तिकरण अभियान र कानुन कार्यान्वयन एजेन्सीको पछिल्लो गतिविधिले यस्तो अवस्था निम्तिएको हो ।

सन् १४९२ मा कोलम्वस पहिलो पटक अमेरिका आएपछि अमेरिका आप्रवासीबाटै बनेको मुलुक भएपनि पछि आएका आप्रवासीहरुले यहाँ रहेका अमेरिकीको जागिर खोसिएको बुझाई रिपब्लिकनहरुको छ । विश्वभरबाट अमेरिकामा प्रवेश गर्दै कैयन पुस्ता यही वितिसकेका पनि छन् । आप्रवासन सुधार ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ संगै जोडिएकोले यसमा कडाई हुने र अवैध प्रवेशले दुख पाउने भन्ने विषय प्राय: निश्चित रहेको दूतावास अधिकारीहरु बताउँछन ।

राष्ट्रपति ट्रम्पले पहिलो कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध, शरणार्थी कार्यक्रममा एक सय २० दिन रोक लगाउने काम गरेका थिए ।  सिरियाली शरणार्थीलाई पनि अमेरिकाले रोक्यो । डीसी, न्यूयोर्क, सान फ्रान्सिस्को, शिकागो जस्ता शहरमा प्रदर्शन पनि भए । त्यतिमात्र होइन जसको कानुनी प्रतिवाद नै भयो । केही राज्यको अदालतले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाईएको प्रतिवन्ध अवैधानिक भएको फैसला गरे जसले राष्ट्रपतिलाई पछि हट्न बाध्य भएपनि युरोपीयन तरिका अपनाउदै अध्यागमनलाई सक्रिया बनाइएको छ ।

समानुपातिक व्यवस्था हटाइएन भने देश बर्बाद हुन्छ

मीनबहादुर पण्डित

सत्तामा जानका लागि देश र जनतालार्इ घात–अंतरघात गर्नेहरुलार्इ अबको चुनाबमा जनताले १००५ पाखा लगाउने छन् । किनकि जनताले राष्ट्रघाती नेताहरु राम्ररी चिनिसके । तर, तिनै चुनाब हारेका नेताहरु समानुपातिकबाट सांसद बनेर पुनः संसदमा आउने छन् । फेरि पनि बिभिन्न जालझेल गरेर सत्ता परिबर्तनको खेलमा लाग्नेछन् ।

त्यसो हुँदा देशमा सधैभरि अस्थिरता छाइ रहनेछ । पिछडिएका जाति र बर्गका नाममा समानुपातिकको कोटा राख्नु घातक हुन्छ । चुनाब हारे पनि समानुपातिकबाट सांसद बनाउने अधिकार पार्टी अध्यक्षको हातमा हुन्छ वा भनौ तिनै पुराना चुनाब हारेका नेताहरुको हातमा हुन्छ । समानुपातिकबाट सांसद बन्न पाउने चलन अब अनिबार्य हटाउनु पर्छ । ठीकै छ संविधानसभाको लागि समानुपातिकबाट सांसद नियुक्त गरिने व्यवस्था बनायौ । अब संविधान बनि सक्यो, । अब समानुपातिक व्यवस्था राख्नुको कुनै अर्थ छैन । हटाउने सहमति गर्न कुनै पार्टी मान्दैन भने त्यो देश र जनताप्रति धोका हो । प्रजात्रन्त्रको उपहास हो । जनताको बिश्वास नभएको नेता घुमाउरो बाटोबाट संसदमा प्रवेश गर्नु भनेको राजनीतिक बेमानी नै हो ।

बिगतमा समानुपातिकका नाममा श्रीमती, आफन्त र नजिकका मान्छेलाई सांसद नियुक्त गरिएको उदाहरण हामीसंग छदैँछ । त्यति मात्र कहाँ हो र ? गोल्छा र ल्यहारकाल लामा जस्तालाई सांसद पद करोडौ लिएर बेचिएका चर्चा पनि चलेकै हुन् । अब पनि त्यस्तो नहोला भनेर कसरी विश्वास गर्न सकिन्छ ?

समानुपातिक नहटाउने हो भने चुनाब हारेका, भ्रष्ट, असक्षम र देशद्रोहीहरु सधै सत्ता र शक्तिमा रहने छन् । कमसेकम चुनाब हारेकाहरू मन्त्री हुन् नपाइने नियम त बनाइयोस । अथवा प्रतिनिधि सभामा समानुपातिकबाट सांसद नियुक्त गर्न नपाइने तर राष्टि«य सभामा मात्र पाइने नियम हुनु पर्छ र राष्टि«य सभामा हुनेहरुले मन्त्री बन्न नपाइने नियम बनाइनु पर्छ । देशमा राजनीतिक जालझेल गरेर सत्तामा जाने बाताबरण भत्किन्छ । देशमा स्थिरता ल्याउने अरु कुनै उपाए छैन । किनकि नेपाली राजनीतिका पात्र र प्रबृति तिनै पुराना नेताहरु नै हुन् । जसलाई देश बिकास गर्ने ज्ञान नभए पनि, कसरी सत्तामा जान सकिन्छ र कसरी सरकार गिराउन सकिन्छ आदि कुराको राम्रो ज्ञान छ ।

नेपाल जस्तो सानो देशमा १० वटाभन्दा धेरै पार्टीको कुनै आवश्यकता छैन । बैंक मर्ज भए जस्तो पार्टीहरु मर्ज हुनु पर्दछ । हामीले समानुपातिक व्यवस्था हटाउन सकेनौ भने १२५ वटाभन्दा धेरै राजनीतिक पार्टीहरु सधै अस्तित्वमा रहिरहने छन् । १ प्रतिशत भोट ल्याउने पार्टीको भागमा पनि सांसद निक्युक्त गर्न सक्ने बाताबरण हुन्छ । धेरै थरि पार्टी धेरै थरि विचार अनि धेरै थरि माग र धेरै थरि बखेडा हुन्छ । नेपालभरि भएका पार्टीहरुको बिचार कम्तिमा ३ भागमा बाँडियोस न कि १० भागमा । बहुमतीय प्रणाली ठीक हो भने समानुपातिक व्यवस्था खारेज गर्नुको बिकल्प छैन । हो, अल्पमतको बिचारको पनि कदर गरिनु पर्छ । समानुपातिकका नाममा चुनाब हारेका र अल्पमतमा परेकाहरुले शासन गर्ने बाताबरण भने बन्नु हुँदैन ।


लेखक

बहुमत जनताको भावनाको कदर गर्नु नै प्रजात्रन्त्रको सुन्दरता हो । देशको प्रगति र उन्नतिको मार्ग चित्र बन्ने आधार पनि यहि हो । अब छलकपटको राजनीति होइन परिणाममुखी राजनीति गरिनु पर्दछ । किनकि अब जनताले कसले के बोल्यो भन्ने आधारमा होइन कसले के काम गरेको छ भन्ने आधारमा मात्र भोट दिने छन् ।

जनतालाई अब करदाता र मतदाता मात्र बनाउने दिन गए । राजनीति भनेको समाज सेवा हो । टन्न कमाउने र मोटाउने धन्द होइन । राजनीतिमा टिकीरहने हो भने, देश र जनताका भाबनाअनुसार परिणाममुखी काम गर्नु पर्दछ । जालझेल गरेर सधैभरि सत्तामा पुग्न सकिन्न । यदि पुगीहाले पनि धेरै दिन सत्तामा टिक्न सकिन्न ।

नेता भनेको त देशको अभिभाबकको भूमिका निर्बाह गर्न सक्ने किसिमको हुनु पर्दछ । मेरो जिम्मेबारी के हो ? मेरो कर्तब्य के हो ? म कति इमान्दार हुनु पर्छ ? भन्ने बुझेको व्यक्ति हुनु पर्दछ । सधैभरि जनताको आलोचना र गाली मात्र खाएर नेता बन्नुको पनि कुनै अर्थ छ र ?

अब संविधानमा २५ जनाभन्दा धेरै मन्त्रिपरिषद बनाउन नपाइने व्यवस्था राख्नु पर्छ । २ जनाभन्दा धेरै उपप्रध्नानमन्त्री राख्न्न नपाइने नियम हुनु पर्दछ । किनकि तिनीहरुको सेवा र सुबिधा देशले धान्न सक्दैन । अनि अमेरिका र चीनमा जस्तो २ पटकभन्दा धेरै प्रध्नानमन्त्री र राष्टपति बन्न नपाइने नियम हुनु पर्दछ ।

बल्ल असक्षमहरुको बैरगमनको बाटो खुल्नेछ । राजनीतिक पार्टीहरुमा पनि २ कार्यकालभन्दा धेरै अध्यक्ष हुन् नपाइने परिपाठी हुनु पर्दछ । बल्ल पार्टीमा सक्षम र युवा नेतृत्वले ठाउँ पाउने छन् । पार्टी नेतृत्व सक्षम भएमात्रै पार्टी राम्रोसंग चल्छन् । पार्टी हाक्ने नेताहरुले नै देश हाक्ने हुँनाले देश पनि राम्रोसंग चल्छ । शारीरिक र मानसिक रुपले असक्षम व्यक्तिले देश चलाई रहने हो भने देश बन्न सक्ला र ?

भारतलाई चेतावनी दिदैं चीनले भन्यो– ‘आगोसँग नखेल’

बेइजिङ, फागुन ५ । चीनले भारतलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । उसले दुई देशबीचको सम्बन्ध मित्रवत् राख्न भारतका तर्फबाट ‘एक चीन’ नीति को सम्मान गरिनुपर्ने पनि प्रष्ट पारेको छ ।


                                          फाइल तस्वीर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ

ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी दिएको हो । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमणप्रति चीनले कडा आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भने, ‘हामीलाई विश्वास छ, भारतले चीनको चासो र चिन्तालाई बुझ्ने छ ।’ भारत ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहने र ताइवानसँग सम्बन्धित विषयलाई समझदारीमा अघि बढाउने अपेक्षा चीनले गरेको पनि उनले बताए । यसबाट नै भारत र चीनबीचको सम्बन्ध सुमधुर हुने उनको भनाइ थियो ।

उनले भने, ‘भारत भ्रमण गर्नेहरु ताइवानका कथित जनप्रतिनिधि हुन्, चीनले आफ्नो कुटनीतिक सम्बन्ध भएका मुलुकले ताइवानसँग आधिकारिक सम्पर्क गरेको विषयलाई सदा विरोध गर्दछ ।’

यसअघि चिनियाँ सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ ले ‘ताइवान कार्ड’ खेल्नु भारतका लागि ‘आगोसँग खेल्नु’ जस्तै भएको बताएको थियो ।

‘केही भारतीय रणनीतिकारले मोदी सरकारलाई ताइवान कार्ड खेल्न सुझाव दिएका छन् ताकि ‘एक चीन’ नीतिप्रति प्रतिवद्धताको सट्टामा चीन पनि ‘एक भारत’ नीतिमा चलोस्, ताइवानको सवालमा चीनलाई चुनौती दिएर भारतले आगोसँग खेल्ने काम गर्दैछ,’ सो अखबारमा प्रकाशित लेखमा भनिएको छ । (एजेन्सी)

नक्कली चिट्ठाले गुम्यो २ करोडको घर

काठमाडौं,डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् ।

दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षाैँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ ।


लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम (यमराज) गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार सोयमले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय फेसन डिजाइनसम्बन्धी प्रतिस्पर्धामा आफू प्रथम भएको र ८६ करोड रुपैयाँ आउने भन्दै सोयमले बेलबहादुरलाई झुक्याएका थिए । सो पैसा नेपाल ल्याउन आफूलाई खर्च अभाव भएको भन्दै नाटकीय शैलीमा सोयमले ठगी गरेका हुन् ।

सोयमले दुई करोड सहयोग गरे ३५ करोड रुपैयाँ दिने बताएपछि बेलबहादुर लोभिएका थिए । सोहीअनुसार पोखरास्थित दुई करोड पर्ने घर गत असोजमा बिक्री गरी बेलबहादुरले सोयमलाई पैसा दिएका थिए । तर, सोयमले चिट्ठा परेर फेसन डिजाइनको प्रतिस्पर्धा जितेको कुरा गलत भएको र पैसा पनि फिर्ता नगरेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । दुई साताअघि सोयमलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।

फेसबुकको चिनजानले बिचल्ली
बेलबहादुर र सोयमबीच करिब ६ महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । चिनजानका क्रममा सोमयले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको बताउँदै प्रभावमा पारेका थिए । उनको फेसबुक प्रोफाइलमा पनि त्यही कुरा उल्लेख थियो ।

प्रहरीका अनुसार दुईजनाबीच च्याटमा बारम्बार गफ हुन थाल्यो । सोयमकै प्रस्तावमा गत भदौमा बेलबहादुर नेपाल आए । उनलाई भेट्न सोयम पोखरा नै गए । आफू फेसन डिजाइनसम्बन्धी कार्यक्रममा भाग लिन जान लागेको र थोरै पैसा नपुगेको भन्दै दुई लाख रुपैयाँ लिए । त्यसरी विभिन्न बहानामा उनले ४२ लाख रुपैयाँ हात पारे ।

पैसा नपुग्दा चिट्ठाको पैसा आउन ढिला भएको भन्दै पछि सोयमले बेलबहादुरसँग दुई करोड मागेका थिए । तर, बेलबहादुरसँग त्यति पैसा थिएन । चिट्ठाको ३५ करोड दिने बताएपछि उनले घर नै बिक्री गरेर सोयमलाई पैसा दिए । पैसा दिएको एक महिनापछि ३५ करोड रुपैयाँ खातामा आउने भनेर उनले विश्वस्त बनाएका थिए । एउटै बैंक खातामा त्यति धेरै पैसा नआउने भन्दै पाँचवटा बैंकमा खाता खोल्न लगाएर नाटक गरेका थिए । ३५ करोड खातामा आएपछि मात्र सबैलाई सरप्राइज दिन भन्दै उनले यसबारे कसैलाई जानकारी दिएका थिएनन् ।

तर, एक महिना होइन दुई महिना कुर्दा पनि पैसा आएन । त्यसपछि बेलबहादुरले सोयमलाई दबाब दिन थाले । पछि बुझ्दा सोयम अन्तर्राष्ट्रिय फेसन डिजाइनर पनि नभएको र ८६ करोडको चिट्ठा पनि नपरेको खुलेपछि उनले पैसा मागे । तर, सोयमसँग पैसा थिएन । त्यसपछि उनी प्रहरीमा गएका हुन् । पक्राउ परेपछि सोयमले आफूले पैसा लिएको स्विकारेका छन् । २४ वर्षीय सोयमले धेरै नाटकीय शैली अपनाएर बेलबहादुरलाई प्रभावमा पारेको प्रहरीले जनाएको छ । पैसा लिएको प्रमाणसमेत नराखी उनले ठगी गरेका थिए ।

बेलबहादुरसँग लिएको पैसामध्ये केहीबाट सोयमले महाराजगन्जमा बुटिक पसल खोलेका थिए । ५० लाख बेलायत पठाएको उनले बताएका छन् । ५० लाख बुटिकमा लगानी गरेको र बाँकी अन्यत्र खर्च भएको बयान सोयमले दिएका छन् । व्यवसाय गर्ने पैसाका लागि आफूले चिट्ठा परेको भनेर नाटक गरेको उनले बताएका छन् । ठगी गरेर उनी बेलायत भाग्न खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

४८ घण्टामा क्यान्सर ठीक पार्ने चामत्कारिक औषधि

एजेन्सी । क्यान्सरका विरामीमाथि २५ वर्ष लामो सोधपछि क्यालिफोर्निया युनिवर्सिटीको मेडिकल फिजिक्स एवं साइकोलोजीका सिनियर प्रोफेसर डा हर्डिन बी जन्सले भनेका छन्– ‘क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने किमोथेरापीले क्यान्सर पीडित विरामीलाई दर्दनाक मृत्युतर्फ धकेल्न सक्छ ।’ तर, क्यान्सरलाई केही घण्टामै ठिक पार्ने थुप्रै औषधिहरु छन् ।

अंगुरको विउको धुलो (सत्व)
हालै भएको एक शोधमा यो कुरा प्रमाणित भएको छ कि अंगुरको विउको धुलो अर्थात सत्व अर्क ल्यूकेमिया र अन्य प्रकारका क्यान्सर ठिक पार्न निकै उपयोगी पाइएको छ । र छोटो समयमै क्यान्सर ठिक पार्न मद्दतगार छ ।
शोधमा यो कुरा पनि प्रामाणित भइसकेको छ कि अंगुरको विउले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म विकिर्ण अर्थात ठिक गर्नमा समक्ष छ ।

अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक क्यान्सर रिसर्चका अनुसार अंगुरको विउमा पाइने जेएनके प्रोटिनले क्यान्सर कोशिकाहरुको विकिर्णहरुलाई नियन्त्रण गर्ने काम गर्छ ।
अब स्वस्थ शरीरका लागि अंगुर मात्रै होइन् यसको विउ पनि खान अमेरिकी चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले भनेका छन्– क्यान्सरको उपचारमा अंगुरको विउ सबैभन्दा प्रभावकारी घरेलु औषधि हो ।

रुबर्ब (फल)को पौधा (पात र डाठ)
रुबर्ब पौधा जसलाई रेवतचीनी र रेवन्दचीनीको नामबाट चिनिन्छ । यो पौधालाई आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । यो पौधाको पात विषालु हुन्छ तर, यसको डाठलाई औषधिको रुपमा प्रयोग गरिन्छ ।
अमेरिकामा भएको एक सोधका अनुसार रुबर्ब पौधाको डाठलाई क्यान्सरको उपचारमा प्रयोग गरिएको थियो जसले चामत्कारिक परिणाम दियो ।

वैज्ञानिकहरुले यो पौधाको डाठबाट अबको एक वर्षभित्र क्यान्सरको औषधि बनाउने दाबी गरेका छन् । यो पौधाको डाठमा एक खास अरेञ्ज पिगमेन्ट पाइन्छ । जसले शरीरभित्र रहेका क्यान्सरका सेल्स (कोशिका)हरुलाई ४८ घण्टामा मार्न सक्ने ताकत राख्छ । शोधमा यो डाठ प्रयोग गर्दा दुई दिनमै लयूकैमियाका आधाभन्दा बढी सेल्स (कोशिका)लाई नष्ट गरिसकेको थियो ।
जर्जियाको विनशिप क्यान्सर इन्सिच्युट र एमोरी युनिवर्सिटीद्धारा २००० मानिसमा यसको परीक्षण गरिएको थियो । जसमा वैज्ञानिकहरुले पारिटिन पाए । जो एन्टी–क्यान्सर अर्थात क्यान्सरविरुद्धको ड्रग (औषधि)का रुपमा चिनिन्छ ।

सोधमा मुसाहरुमाथि ११ दिनसम्म पारिटिनको प्रयोग गर्दा यो फोक्सोको क्यान्सरका लागि उपयोगी औषधि हो भन्ने प्रमाणित भएको थियो । यसका साथै यसले ब्रेन अर्थात मस्तिष्क र गलाको ट्युमरलाई पनि ठिक पार्न सक्छ ।
सोधकर्ता टिम भन्छ– यो पौधा (जसलाई एक प्रकारको फल पनि भन्छन्) को आधारमा क्यान्सर ठिक पार्नका लागि नयाँ औषधि बनाउनमा सहयोग मिल्नेछ । यसको परिणाम किमोथेरापी जस्तै अर्काे वर्ष आउनेछ ।

विशेषज्ञ भन्छन्- पारिटिनको प्रयोग किटाणु रोक्नका लागि प्रयोग गरिसकिएको छ तर, औषधिका रुपमा यसको प्रयोग यसै अध्ययनपछि गरिनेछ ।
सोधमा खटिएका एक जना प्रोफेसर चेन भन्छन्- क्यान्सरलाई ६पीजीडी स्तरमा एक्टिभ गर्नका लागि रुबर्बका प्रयोग गरिनु क्यान्सरलाई ठिक पार्नका लागि जरुरी छ । यसको प्रयोगबाट क्यान्सर ६पीजीडी स्तरमा तीव्र गतिमा बढ्नेछ जसले क्यान्सर चाँडै निको हुनेछ ।
(यो शोध जर्नल नेचर सेल बायोलोजीमा प्रकाशित भएको छ ।)
-Internet Khabar

यी हुन् डडेल्धुरा जीप दुर्घटनामा ज्यान गुमाउने ७ जना (नामसहित)

डडेल्धुरा, ४ फागुन । डडेल्धुरामा भएको जीप दुर्घटनामा परी मर्नेको संख्या सात पुगेको छ । घाइते पाँच जनाको उपचार भइरहेको छ ।

भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नम्बरको जीप बुधबार दिउँसो १२ बजेतिर अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक ३ सय किलोमिटर तल खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

यस्तै दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै तथा भागेश्वर–७ का पदम मल्लको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको छ ।

घाइते पाँच जनाको उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ । जोखिमपूर्ण सडक र चालकको लापरवाहीले उकालो चढ्ने क्रममा जीप दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ ।dainiknepal