शिवरात्रीको अवसरमा टेलिकमको यति ठुलो अफर

शिवरात्रीको अवसरमा टेलिकमको अफर काठमाडौ – नेपाल टेलिकमले नेपालीहरुको पवित्र चाड शिवरात्रीको अवसरमा फेस्टिभल अफर ल्याएको छ । अफरमा डाटा बन्डल प्याकेज अन्र्तगत रु. ७५ मा सय एमबीडाटा र वोनसको रुपमा र सय एमबी नै युट्युव डाटा प्याक उपलब्ध गराएको छ । यो डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने छ ।
यस्तैगरी रु.१५० मा दुईसय उमवी डाटा र वोनसको रुपमा दुईसय एमवी नै युट्युव डाटा प्याक उपलब्ध गराइएको छ । यी दुवै डाटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्ग( फोटो फिचर )

एजेन्सी, भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ।


भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।
भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए। यो मन्दिरको विशेषताहरु धेरै छन्।
यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ। सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ।

अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो। यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ।
यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ।

धर्म–कर्ममा विश्वास राख्ने व्यक्ति अत्यन्तै सफल

पूजा–पाठ गर्ने र धार्मिक आयोजनाहरुमा सफल हुनाले तनावको स्तरमा कमी आउने गर्दछ । बेलर युनिभर्सिटीका सोधकर्ताहरुका अनुसार यसको असर अफिसमा मानिसहरुको प्रदर्शनमा पनि देखिने गर्दछ ।

त्यस्ता मानिसहरु काममा ध्यान मात्र लगाउने नभई उनीहरुको उत्पादन क्षमतामा बृद्धि हुनाले प्रोमोसन र तलवमा वृद्धिको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताले एक हजार कर्मचारीहरुको कार्य क्षमतामा धर्म या अध्यात्मको असरको बारेमा जाँच गरे ।


भागवानमा विश्वास राख्ने मानिस, नियमित पूजा–पाठमा शरिक हुने र धार्मिक आयोजनाहरुमा खुसी भएर भाग लिने मानिसहरुको आफ्नो व्यवसायिक जीवनमा बढि सफल हुने उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । यस्ता व्यक्तिहरु आफ्नो मालिकको नजरमा राम्रो छवि बनाउन सफल हुने र आफ्ना सहकर्मीहरुसँगको सम्बन्ध राम्रो हुने बताएको छ ।  एजेन्सी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

केटी देख्नै हुँदैन... रोग के हो?

फाल्गुण ८ आइतबार

रमेश २५ वर्षका मात्र छन् । उनलाई केटी देख्नै हुदैन । नजीक पुग्योकि सेक्स गर्न मन लागि हाल्छ । त्यसैले उनी केटी देख्योकि भाग्छन् । घरमा पनि आफ्ना नातेदार केटी छेउ बस्न पनि सक्दैनन् । थाहा छ उनलाई, यो सोचाई गलत हो । तर उनी त्यसबाट छुटकारा पाउन सक्दैनन् । जति गरेपनि नकारात्मक सोचाई आउन छाड्दैन । हेर्दा उनी ठिक र फिट पनि छन् । सेक्सको कुरामा मात्र उनलाई गलत विचार आउँछ । उनी यस्तो समस्या भन्न पनि सक्दैनन् । लुकाउन पनि नसक्ने अवस्थामा छन्।

समस्या बढ्दै गएपछि उनी मन्दिर पुग्छन् । मन्दिरमा जादाँ पनि भगवानकै बारेमा नकारात्मक सोच आउँछ । घर आउछन् नुहाएर ‘कुल’ हुन चाहन्छन् । घण्टाै‌सम्म नुहाइरहन्छन्।


यस्ता अनौठा, विचित्र र अशुद्ध सोचाई उनको मनमा पटकपटक आइरहन्छन् । यस्ता अशुद्ध सोचाइले गर्दा छटपटी पैदा हुन्छ । के गरौं र कसो गरौं हुन्छ । कहिलेकाँही चिच्याउने पनि गर्छन् । धेरै मानिसलाई यो कुनै रोग हो भन्ने लाग्दैन । उमेरले भयो होला भन्ने सोच्छन् । किनकि मानिसलाई लाग्छ, मानिसको मन न हो, बहकिन्छ । कहिलेकोही जे पनि सोचिन्छ । जब उनी यो समस्यामा चरम उत्कर्षमा पुग्छन्, त्यसपछि मात्र डाक्टरको सहारामा पुग्छन्।

कस्तो समस्या हो यो?
यस्तो समस्यालाई अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसिडि) भनिन्छ । यो एक मनोवैज्ञानिक समस्या हो । यस्तो समस्या भएका मानिसमा सोचाइको सीमा नै हुँदैन । यस्ता सोचाइ हटाउन केही काममा व्यस्त हुनुपर्ने हुन्छ ।

यो एउटा यस्तो रोग हो जसमा बारम्बार एउटै सोचाई, विचार, दृश्य दिमागमा आइरहँदा छटपटी हुन्छ । हटाउने चाहना हुँदाहुँदैं पनि बारम्बार सोचाई दोहोरिरहन्छ । यस्ता समस्या भएका कतिपय बिरामीमा डिप्रेसनका लक्षण पनि पाइन्छन् । बिरामी मनभित्र अनेकौ सोचाईबाट ग्रसित हुन्छन् ।

के कारणले हुन्छ  यस्तो?
यो रोगको खास कारण थाहा छैन । तर मस्तिष्कमा सेरोटोनिन् भन्ने रसायनको गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ । बंशाणुगतरुपमा पनि यो रोग सर्ने गर्छ ।

यो रोगको उपचार कसरी गरिन्छ?
यसमा विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार  गरिन्छ, जसअन्तर्गत सोचाइ परिवर्तन गराउने, बिरामीको सोचाइअनुसार ध्यान केन्द्रित हुन नदिनेजस्ता उपचार गराइन्छ । समयमै वास्ता गरिएन भने यो रोग पछि कडा मानसिक रोगका रूपमा देखा पर्छ । पटक–पटक एउटै काम गर्ने मानिसलाई आफूले त्यो काम किन गरिरहेको छु भन्ने ख्यालै हुँदैंन । अरूले उसको बानी नै त्यस्तै रहेछ भनिठान्छन् । तर, समस्या जटिल बन्दै गएपछि मात्र यो रोग लागेको थाहा हुन्छ।

कस्तालाई हुन्छ यो रोग?
यो रोग अन्त्यन्तै नैतिकवान, आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने
खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसले अरूबाट पनि आफूजस्तै आशा गर्छन्, तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षमता कम हुने, सानो कुरालाई पनि मनमा ठुलो रुपमा लिने मानिसमा हुने सम्भावना बढी हुन्छ ।
via :swasthyakhabar

राजनीति गर्न सरकारी जागिर छाडेँ : कोमल वली

काठमाडौं, ८ फागुन । पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल वलीप्रति राप्रपामा आकर्षण देखिएको छ । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे पनि वलीले खुला केन्द्रीय सदस्यमै निर्वाचन लड्ने घोषणा गरेकी छिन् ।

वलीले शनिबार बन्दसत्र भइरहेको भृकुटीमण्डपको बगैँचामा ‘महिला कोटामा होइन खुलामा उठेकी छु’ भन्दै भोट मागेकी थिइन् । उनले भोट माग्दै गर्दा उनीसँग फोटो खिचाउने र सेल्फी लिनेको भीड लागेको थियो ।


राजनीतिमा मेरो पहिलो पाइला हो । राष्ट्रवादी र देशभक्त राप्रपा, हिन्दूधर्मका लागि आवाज उठाउने, अखण्डताको पक्षमा उभिने, राजसंस्थाको विषय उठाउने पार्टी हो । यो सोच नेपालका लागि आवश्यक छ । यसैले गर्दा राप्रपामा प्रवेश गरेको हुँ । खुला सदस्यमा उठ्नु भनेको म सक्षम छु, मलाई आरक्षण कोटा चाहिँदैन भन्ने हो ।

मैले पार्टीमा एकदमै सपोर्ट पाइरहेको छु । म सत्कर्म गर्ने मान्छे, सकारात्मक विचार र सोच छ, छलकपट छैन । विद्यार्थीकालदेखि नै राजसंस्थाप्रति लगाव थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले दिएको छात्रवृत्तिमा पढेर यहाँसम्म आएकी हुँ । म रङ फेर्ने, यताउति दौडने पक्षमा छैन । मलाई कमल थापाले नै पार्टीमा प्रवेश गराउनुभयो । केन्द्रीय सदस्यमा म सबैभन्दा बढी मत ल्याएर जित्छु भन्नेमा निश्चिन्त छु ।

सरकारी कर्मचारी भएर चुनाव लड्न सजिलो हुँदैन, गर्नु पनि हुँदैन । यो हिसाबले मैले पदबाट राजीनामा दिएको छु । मैले पाउने सुविधा लिएको छैन, अब लिने प्रक्रियामा छु ।

आजको नयाँ पत्रिकामा खबर छ

हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा

बैतडी, ८ फागुन । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् ।

फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।

दार्चुलाको सुनसेरामा माघ २३ गते चोरी गरी फरार रहेका विष्टलाई प्रहरीले माघ २४ गते सदरमबुकाम खलङ्गाबाट पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेका विष्ट शनिबार बिहान १ बजेदेखि ४ बजेको समयमा फरार भएका हुन् प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो “थुनुवा कक्षको नटबोल्ड तोडेर फरार भएको देखिएको छ ।”

फरार विष्टको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । यसका साथै थुनुवा भागेको समयमा ड्युटी गरिरहेका पाँच जना प्रहरीलाई समेत कारबाही गरिएको बताइएको छ ।

प्रहरी घेराबाटै थुनुवा भाग्नुको रहस्य भने खुल्न सकेको छैन । फरार विष्टलाई भाग्नमा कसैको पनि संलग्नता भएको थाहा पाइएका कडा कारबाही गरीने प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

विष्ट यसअघि पनि चरेस मुद्दामा संलग्न रहेको प्रमाणित भएर तीन महिना जेल बसेका व्यक्ति हुन् ।

एमालेले देश टुक्राएर द्वन्द्व गर्न खोज्यो, अब काँग्रेस विरुद्धमा उत्रिन्छः सभापति देउवा

मेलम्ची,  8 फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।

केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउँदै नेपाली काँग्रेस त्यस्तो क्रियाकलापका विरुद्धमा उत्रने चेतावनी दिनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं १ सिन्धुपाल्चोकले आज खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी बर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताउनुभयो ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालनका लागि नेपाली काँग्रेस अग्रसर रहेको र कुनै पनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा देउवाले आगामी चुनावमा नेपाली काँग्रेसले पहिलो स्थान हासिल गर्ने दाबी गर्नुभयो ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एकअर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तिनै ठाउँका जनतालाई एकै किसिमले हेर्नुपर्ने बताउनुभयो ।

नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको बताउनुभयो ।

आर्थिक विकासका लागि तातोपानी नाका खोल्न जरुरी रहेको बताउँदै मन्त्री लेखकले सिन्धुपाल्चोक जिल्लाका सडकका परियोजना प्रतिवेदन (डिपिआर) आफ्नो मन्त्रालयअन्तर्गत पर्ने भएकाले जिल्लाभरि नै करोडौँ करोड रकम यही आर्थिक वर्षभित्र पठाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले स्थानीयको समस्या र मागलाई सम्बोधन गरी अगाडि बढाउन नेपाली काँग्रेस सदैव जनताका साथमा रहने बताउनुभयो ।

बस्नेतले १५ वर्षभित्र सिन्धुपाल्चोक जिल्लाका हरेक सडकहरु कालोपत्र गर्ने तथा हरेक घरमा खानेपानीको धारा पु¥याउने र हरेक ठाउँमा फलामे बिजुलीको पोल गाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्रबहादुर कार्की, बहादुरसिंह लामा, सरिता प्रसाईं, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, जिल्ला सभापति विकास लामा लगायतले सम्बोधन गर्नुभएको थियो ।

नेकाँ क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बाट ५०० भन्दाबढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।