सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

बुटवल : रुपन्देहीको मझगवामा सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दिनभर झडप भएको छ ।
शनिबार दिउँसो मझगवा गाविस स्थित मर्चवार उच्च माध्यमिक विद्यालयको प्राङगढमा आमसभा गर्ने तयारी गरेका कार्यकर्तालाई प्रहरीले अवरोध गरेपछि बिहानैदेखि झडप भएको हो ।


हामीले अवरोध गर्दा आक्रमण गरेका थिए, मझगवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले भने । पूर्व तयारीबाट गरिएको कार्यक्रमलाई अवरोध गर्न प्रहरी परिचालन गरिएको थियो ।
गएको वर्ष सोही स्थानमा आमसभाका गरेको सिके राउत कार्यकर्ताले अहिले पनि त्यही स्थानलाई छनोट गरेका थिए । आमसभाका लागि केही दिन यता पर्चा पम्प्लेट टाँसिएका थिए ।


टाँसिएका पम्पप्लेट प्रहरीले हटाएको थियो । स्वतन्त्र मधेशको माग गर्नु राष्ट्रियता विपरीत भएपछि प्रहरीले अवरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता वेलबहादुर पाण्डेले झडपमा केही प्रहरी घाइते भएको जानकारी दिए ।
झपडमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक डम्बर श्रेष्ठसहितका प्रहरी हवल्दार र केही जवान घाइते भएका छन् । प्रहरीसँगको झडप अहिले पनि जारी रहेको मझगवा प्रहरी कार्यालयका प्रमुख थापाले जानकारी दिए ।annapurnapost