प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको शुभकाना सन्देश

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गरेका छन् । ६७ औं प्रजातन्त्र दिवसको अवसरमा उनले एक शुभकामना सन्देश जारी गरेका हुन् ।

उनले शुभकाना सन्देशमा हरेक वर्ग र पेशाका नागरिकले सुखानुभूति गर्न पाउनु नै प्रजातन्त्र भएको भन्दै अहिले भोगिएको व्यवस्थाले जनता खुसी नभएको संकेत गरेका छन् ।


‘किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पिडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सूरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले रनष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सूखानूभुति गर्नू नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफूले आफैलाई प्रश्न गर्नू पर्ने घडी आएको छ’ हुभकामना सन्देशमा लेखिएको छ ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘प्रजातन्त्रमा राजनीतिक पद्धतिका अनेक रुप हुन सक्ने भएपनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हूनूपर्नेछ ।’

साथै उनले आफ्नो जिजूबूवा त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सवैको स्मरण समेत गरेका छन् ।