म पहिलादेखि नै हिरो हो, हिरोको श्रीमतीलाई हिरोइन भनेको जस्तो लाग्छ : रेखा थापा (भिडियो सहित)

काठमाडौँ । निर्माता छविराज ओझासँग बिहे गरेर लामो समय सँगै बसेकी रेखा थापा अहिले एक्लै बस्दै आएकी छन् । छविसँग रेखाको कानुनी रूपमा सम्बन्ध विच्छेद भइसकेको छ । हालै ३३ औं जन्मदिन मनाएकी रेखा बल्ल आफूले विवाहबारे बुझेको बताउँछिन् ।

आफ्नो भावी जीवन र अभिनयबारे रेखा भन्छिन्
मेरो बल्ल विवाह गर्ने उमेर भयो । ममा घरपरिवार सम्हाल्न सक्ने क्षमताको वृद्धि भयो । यिनीहरू पनि मेरा आफ्ना हुन्, यिनीहरूलाई मैले सम्मान गर्नुपर्छ भन्ने सोचमा ममा आएको छ । अब म बिहेका लागि तयार भएकी छु । हिजो के भयो, त्यो मेरो जिन्दगीको दुर्घटना थियो । लेखान्त थियो । मिठो या नमिठो सपना थियो । त्यो समयमा म पूर्ण भइसकेको थिइनँ ।
१६–१७ वर्षको उमेर अहिले सम्झिँदा माया लाग्छ ।


म ५–६ वर्षदेखि सिंगल छु । मलाई लाखौँ युवाहरूले माया गरिदिनुभएको छ । तर प्रेमीको रूपमा मेरो जीवनमा अहिले कोही छैनन् । र, म चाहन्छु मेरो नि कोही प्रेमी भइदियोस् । अहिलेसम्म म आफ्नो योजनामा व्यस्त थिएँ । अब म प्रेम र विवाहका लागि तयार भएँ कि भन्ने लागिरहेको छ । म प्रेमीको खोजीमा छु । घरमा कुरा आइरहेको छ । तर कसको के मिल्दैन, कसको के । मलाई सम्पत्ति होइन, खुसी चाहिएको छ ।

मलाई साँच्चिकै पुरुष चाहिएको छ
मलाई बिहे गर्न आउने पुरुष साँच्चिकै पुरुष चाहियो । पुरुषको खोल ओढेर आउने होइन । समाजलाई माया गर्ने । नारीको सम्मान गर्ने । नारीको इच्छा बुुझ्ने होस् । नारीलाई पुज्ने र देशलाई माया गर्ने पुरुष चाहिएको छ । मलाई कृष्ण जस्तो पुरुष भए पनि हुन्छ, तर म राधा होइन, रुक्मणी बन्न चाहन्छु । राधा सधंै आधा हुन्छन् । मलाई विकट ठाउँमा बसेको खेती किसान गरेको भए नि हुन्छ । विकसित ठाउँमा बसेको धनी व्यक्ति चाहिँदैन । मलाई पैसा होइन, खुसी चाहिएको छ ।

१५ वर्षबाटै आत्मनिर्भर
म १५ वर्षको उमेरबाटै आत्मानिरर्भर छु, तर पनि मलाई भूकम्प आएको बेला मेरो बुवाको याद आएको थियो । मैले मेरो आमालाई हेर्नुपर्ने थियो, यदि मेरो बुवा यो संसारमा हुनु भइदिएको भए म पनि अरु जसरी बुवा भन्दै रुन्थें होला । त्यसैले लाग्छ, यो संसारमा भगवानले महिला पुरुषलाई बराबर रूपमा सृष्टि गरेका हुन् ।

हाम्रो समाजमा महिला पुरुष बराबर छन् । तर यही समाजमा पनि त्यस्ता पुरुष छन्, जसका कारण बलात्कारको समाचार सुन्छौं, आफ्नो श्रीमतीलाई कुटेको देख्छौं, परस्त्रीसँग लागेको देख्छौं । आफ्नो स्वार्थका लागि महिलालाई कमजोर बनाउने यस्तो पुरुष पनि देखेको छु मैले समाजमा । नजिकबाट र भागेको पनि छु । त्यसबाट माथि आउन सर्वप्रथम मुटुु चाहिन्छ ।

म पहिलादेखि नै हिरो हो
म पहिलादेखि नै हिरो हो । हिरोको श्रीमतीलाई हिरोइन भनेको जस्तो लाग्छ । जो लिड रोलमा छ, त्यही नै हिरो हो । म निर्देशक पनि हो, निर्माता पनि हो अब मलाइ के भन्ने ? त्यो पदलाई छुट्याउन सकिन्न । यदि म वकिल हुन्थें भने के मलाई वकिल्नी भन्ने ?

आखिर म पनि नारी नै हो । ममा पनि नारीमा हुने त्यो लाजको गहना छ । तर मैले निभाउने भूमिकाले मेरा दिदीबहिनीप्रति ऊर्जा मिल्छ । केही गर्नुपर्छ भन्ने भावना आउँछ । मसँग आत्मविश्वास भए पनि कुनै पुरुषसँग आफ्नो गल्ती छैन भने प्रतिकार गर्न सक्दिनँ ।

महिलालाई अझ बढी जागरुक गराउन, हामी कामकाजी महिला आत्मनिर्भर बनाउन, नेपाली नारी कस्तो हुनुपर्छ, बाहिर पनि काम गर्न सक्छे, देश पनि हाँक्न सक्छे, त्यसको साथै आफ्नो घरपरिवारलाई पनि खुसी राख्न सक्छे भन्ने कथावस्तुमा चलचित्र निर्माण गर्दैछु ।

हिरो रिटन्र्समा मेरो पात्रले दिने सन्देश हाम्रो समाजमा छोरी मान्छेले स्वतन्त्र रूपमा आफूले चाहेको मान्छेसँग विवाह गर्न किन सकिरहेका छैनन् ? परिवारको कुरा सुनेर कसरी कुण्ठित भएर बस्नुपरेको छ ? छोरी पनि विद्रोही भएर परिवारलाई सम्झाउन सक्छे भन्ने क्षमता हुनुपर्छ भन्ने खालको सन्देशमूलक छ ।
प्रस्तुति :- वर्षा बस्नेत

कहाँ अड्कियो प्रमुख तीन दल र मधेशी दलको वार्ता ? सुटुक्क बालुवाटार पुगे गच्छदार


काठमाडौँ, ११ असोज । प्रमुख राजनीतिक दलले गठन गरेको वार्ता टोली तथा आन्दोलनरत मधेशी दलहरुबीचको वार्ता सकरात्मक भएको नेताहरुले बताएका छन् ।
नयाँ संविधानप्रति असहमति जनाउँदै आन्दोलनमा रहेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार निवासमा पुगेर तीन दलको वार्ता टोलीले छलफल गरेको थियो । तीन दलीय वार्ता टोलीमा नेपाली काँग्रेसका नेता एवं वन तथा भूसंरक्षण मन्त्री महेश आचार्य, नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।
मधेशी दलले वार्तामा बस्नुअघि आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, सेनालाई ब्यारेक फर्काउनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था हुनुपर्नेलगायत माग राखेपछि वार्ता अड्किएको छ ।
आन्दोलनकारीका तर्फबाट उठाइएका कतिपय विषयवस्तु संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने विश्वास दिलाएको एमाओवादी नेता श्रेष्ठले जानकारी दिए । मधेसकेन्द्रित दलले खास गरी सङ्घीय प्रदेशको सीमा, नागरिकता, समानुपातिक तथा समावेशिताका विषयलाई केन्द्रित गरेर आन्दोलन गर्दै आएका छन् ।
तीन दलको आइतबार बिहान बसेको बैठकले नयाँ संविधानप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका थियो । तीन दलको वार्ता टोलीले मङ्गलबार पनि आन्दोलनरत दलसँग वार्ता गर्ने बताइएको छ ।
यसैबीच फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आइतबारै साँझ प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेसका शीर्ष नेतासँग गोप्य छलफल गरेका छन् । भेटवार्तालाई गोप्य राखिएकाले थप जानकारी बाहिर आएको छैन ।
dainiknepal.com

बाबुराम भट्टराईद्वारा पार्टी परित्याग गरेको घोषणा

असोज ९,  काठमाडौं  : एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् ।

डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

 बाकसको बीचमा क्लिकगरेर Video हेर्नुस तलः

‘सुशील र केपी ओलीले धर्म निरपेक्षता हटाइन्छ भनेका थिए’ मैले प्रचण्ड र बाबुरामलाई मात्रै बधाइ दिएँ

कमल थापा, राप्रपा नेपाल, अध्यक्ष
संविधानसभाको डेढ वर्षमा अनेक उचार-चढाव आए । अनेक गठबन्धन भए । अब निरन्तर कायम रहेको र पीडादायी अनुभव गरेको यो निषेधको मानसिकता हो ।
जनताले भोट दिएर चौथो ठूलो राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने, तर सरकार र दलहरुले हामीप्रति नकारात्मक दृष्टिकोण राख्ने । कतिसम्म गरे भने भूकम्पका बारेमा छलफल गर्दा १, २, ३ दल बस्छन्, चार छोडेर ५, ६ तिर गए ।

सुरक्षा अंगको ब्रिफिङ लिने बेलामा पनि राप्रपा नेपाललाई अलग गरेर साना पार्टीहरुलाई राखियो । यो किसिमको निषेधको व्यवहारले राप्रपा नेपाललाई भन्दा पनि प्रजातन्त्रमा गलत संस्कृति हावी भयो भन्ने लाग्छ । आश गरौं, आगामी दिनमा सुधार होला ।

एक प्रकारले अछुतको व्यवहार भो । अन्तिममा एकपटक चार दलको बैठक बस्यो ।
संविधानसभामा सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय क्षण भनेको बुधबार रातिको समय हो । फरक मतका बावजुद देशले संविधान पाएको छ । हामीलाई सन्तोष छ ।
दोस्रो के भने आफैंलाई पनि सन्तोषको कुरा अलिअलि गर्व पनि महसुस हुन्छ कि अत्यन्तै प्रतिकुल परिस्थितिमा पार्टी सञ्चालन गरेर हामी आयौं । र, हिजो संविधान निर्माण हुने क्षणमा पनि आफ्नो एजेण्डामा अविचलित रुपमा उभिएर त्यो एजेण्डाको पक्षमा मतदान गर्दा सही गर्ने बेलामा मलाई अत्यन्तै भावविह्वल भएको अनुभूति भयो ।
त्योबेलासम्म हामी प्रतिपक्षको भूमिकामा रहृयौं । तर, जब नतिजा घोषणा भयो, अरु सबै राजनीतिक दलहरुसँगै टेबल ठटायौं, उभिएरै समर्थन गर्‍यौं ।

प्रचण्ड र बाबुरामलाई मात्र बधाइ
मैले अरु कसैलाई बधाइ दिइँन, दुई जनालाई मात्र दिएँ : प्रचण्ड र बाबुरामलाई । मैले उहाँहरुलाई भनें कि अन्ततोगत्वा संविधानसभाबाट संविधान बनाएरै छाड्नुभो, तपाईहरुलाई बधाइ छ ।

अरु सबै पछि लागेका हुन् । संविधानसभाबाट संविधान बनाउने विषयमा माओवादी सफल भयो ।
विगतमा माओवादीलाई आतंककारी घोषणा गरेर सैन्य शक्तिबाट पराजित गर्न नसक्दा कांग्रेस र एमाले त्यही पार्टी हो, जसका नेताहरुलाई मलाई नै वार्तामा गर्न जाँदा भनेका थिए कुनै हालतमा हामी संविधानसभाको एजेण्डालाई स्वीकार गर्दैनौं ।

कुनै हालतमा हामी ०४७ को संविधान, जुन जनआन्दोलनबाट बनाएका हौं, त्यसलाई गर्न दिन्नौं भनेर गिरिजाप्रसाद कोइराला र माधव नेपालले हामीलाई भन्नुभएको हो । पछि कति ठूलो मूल्य चुकाउनुपर्‍यो हेर्नुस् त । आज देशले कति ठूलो मूल्य चुकाएर यो अवस्थामा आइपुगेका छौं । त्यसैले हामीले विगतबाट पाठ सिकेर राजनीतिक ढंगबाटै वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ ।

यसकारण फर्कियौं संविधानसभामा
वास्तवमा हाम्रो पार्टी राप्रपा नेपालले जति पनि निर्णयहरु गरेको छ, त्यसमा निरन्तरता छ । निरन्तर राप्रपा नेपाललाई निषेध गरिएको र संविधान निर्माण अन्तिम चरणमा आइपुग्दा देशका विभिन्न भाग आन्दोलनमा गएको र मधेस केन्दि्रत दलहरुले संविधानसभा बहिस्कार गरेको यो अवस्थाप्रति मुख्य राजनीतिक दलहरुमा गम्भीरता देखिएन । त्यसले गर्दा देश एउटा दुर्घटनामा जान सक्ने अवस्थामा हामीले एउटा दबाव दिने रणनीतिअन्तरगत संविधान निर्माणको प्रक्रियाबाट तत्कालका लागि अलग रहने निर्णय गरेको छ भन्यौं ।
हामीलाई अलिकति भए पनि सन्तोष यस मानेमा छ कि राप्रपा नेपालले त्यो निर्णय गरेपछि राष्ट्रिय राजनीतिमा एक प्रकारको तरंग देखा पर्‍यो । र, कांग्रेस, एमाले र एमाओवादी, जसले राप्रपा नेपाललाई निरन्तर निषेध गरिरहेका थिए, उनीहरुले राप्रपा नेपालसँग औपचारिक वार्ता गरेर विगतका त्रुटी र कमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुका साथसाथै तराई मधेसमा देखिएको आन्दोलनलाई पनि सकारात्मक ढंगबाट सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि हामी स्वभाविक रुपमा संविधान निर्माणको प्रक्रियामा सहभागी भएका हौं ।

हाम्रो यो सहभागिता कांग्रेस, एमाले र एमाओवादीको अदुरदर्शिताका कारणले मुलुकमा सिर्जना भएको परिस्थितिको समर्थनका लागि पनि होइन र त्यसको साक्षी बस्न पनि होइन । मूलत यसका दुईवटा उद्देश्यहरु थिए :
एउटा पार्टीले निरन्तररुपमा कायम राख्दै आएको अडान अनुसार विधि र प्रक्रियामा सहभागी हुने र आफ्नो एजेण्डाको अन्तिम समयसम्म रक्षा गर्ने ।

र, दोस्रो अहिले मुलुकमा जुन किसिमको संकटपूर्ण अवस्था छ, राष्ट्रिय अखण्डतामाथि पनि प्रश्नचिन्ह खडा भएको अवस्था छ, यो अवस्थामा हामीले लिने कुनै पनि निर्णयले त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्नुहुँदैन र राष्ट्रिय शक्तिहरु सबै एक ठाउँमा उभिएर पार्टीको स्वार्थभन्दामाथि खडा भएर समाधान खोज्नुपर्छ भन्ने मान्यताका आधारमा हामी प्रक्रियामा सहभागी भएका हौं ।
हामीले तीन दलका नेताहरुलाई भनेका थियौं कि तपाईहरुले हाम्रो एजेण्डालाई सम्बोधन गर्न सक्ने क्षमता छैन । त्यसकारण हामी त्यो माग्दै माग्दैनौं । हामी त प्रजातान्त्रिक व्यवहार र मधेसको समस्या समाधान गर्नुस् भनेर मात्र संविधानसभामा आएका हौं ।

धर्मनिरपेक्षता हटाउने आश्वासन थियो
वास्तवमा २५ वटा मात्र सिट भएको पार्टीले आफ्नो एजेण्डा, जो आधारभूत रुपमै फरक छ, त्यसलाई स्थापित गराउन सक्ने धरातलीय यथार्थबारे हामी पहिलेदेखि नै सचेत थियौं । त्यसमा हामीले दुईवटा रणनीति लियौं । एउटा आफ्नो एजेण्डालाई अन्तिम समयसम्म सदनमा पनि सडकमा पनि राख्ने रणनीति तय गर्‍यौं । त्योअनुसार अनेक संघर्षका कार्यक्रम तय गर्‍यौं । संविनसभामा नाराबाजी, मस्यौदा च्यात्नेदेखि अनेक दबावमूलक काम हामीले गर्‍यौं ।

दोस्रो, केही एजेण्डाहरुमा सहमति गर्न सकिन्छ कि भनेर सम्भावनाका खोजी गर्‍यौं । त्यो क्रममा एउटा चरणमा हामी यस्तो अवस्थामा पुगेका थियौैं कि धर्म निरपेक्षता अब हटाउने भन्ने लिखित सम्झौता बाहेक करिव-करिव मौखिक सम्झौता भएकै हो । मलाई प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्णरुपमा आश्वस्त तुल्याउनुभएको थियो ।

प्रचण्डजीले के भन्नु भएको थियो भने धर्म निरपेक्षताले गलत अर्थ लाग्यो, त्यसले गर्दा विकल्प खोज्नुपर्छ कि ? अलिकति बाबुरामजीसँग पनि कुरा गर्नुस् न ।

यो सुझाव संकलनपछिको कुरा हो । तर, रातारात परिस्थिति बदलियो । मलाई के लाग्छ भने पश्चिममा मुलकको तिव्र दबाव भयो । धेरै ठूलो आर्थिक चलखेल भयो भन्ने मलाई लाग्छ । त्यो क्रममा सडकमा पनि तपाईले देख्नु भो, धेरै ठूलो लगानी गरेर विभिन्न गुम्बामा रहेका सानासाना भिक्षुहरु, विद्यार्थीहरुलाई जुलुस प्रदर्शन गरेर दबाव दिने काम भो । पचासौं संस्थाका नामबाट प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र दिने काम भो ।

संविधानसभामा पहिलो चार वर्ष र पछिल्लो डेढ वर्ष यो विषयमा मौन रहेका सभासदहरुलाई खासगरी, जनजाति, दलित सभासदहरुलाई प्रयोजित ढंगबाट धर्म निरपेक्षताको विषयमा बोल्न लगाइयो । संविधानसभाभित्र ग्यांगअप गर्ने काम भयो । त्यो पछाडि परिस्थिति तीन नेताको हातभन्दा बाहिर गयो र उहाँहरु लाचार हुनुभयो । यसरी संविधानबाट धर्म निरपेक्षता हट्ने करिब-करिब निश्चित भएको अवस्थाबाट अहिले धर्म निरपेक्षता नै राखियो ।

संविधानको अन्तरवस्तु र मेरो अर्जुनदृष्टि
जहाँसम्म संविधानको अन्तरवस्तुको कुरा छ, आजको भोलि नै धेरै नकारात्मक कुरा गर्नुहुन्न तर, यति धेरै अन्तरविरोधहरु छन्, त्यसलाई व्यवस्थापन चुनौतीपूर्ण छ । कुनै सैद्धान्तिक धरातलमा उभिएर बनेको छैन ।
सबैभन्दा पहिला त यो संविधान बन्ने क्रममा मेरो अर्जुनदृष्टि चार कुरामा थियो । अरु मैले यति ध्यान दिएको थिइँन । आधारभूत रुपमै फरक भएपछि के तपशीलमा जाने भनेर मेरो चार कुरामा इन्ट्रेस्ट थियो । पहिलो कुरा, विचारको स्वतन्त्रता । फरक विचार राखेर हिँड्न पाइन्छ कि पाइँदैन ? केही कुरालाई अपरिवर्तनीय गर्छन् कि ? भन्ने चिन्ता थियो । अहिले कुनै कुरा पनि अपरीवर्तनीय छैन । विचार स्वतन्त्रता पूर्ण रुपमा ग्यारेन्टी भयो ।

दोस्रो, पार्टीमाथि प्रतिवन्ध लगाउने हुन् कि भन्ने चिन्ता थियो । कुनै विकल्प राखेर वा अस्थाका आधारमा प्रतिवन्ध लगाउलान् कि भन्ने थियो । अब कुनै पनि अवस्थामा पार्टीमाथि प्रतिवन्ध लगाउन सक्दैनन् ।
तेस्रो, आवधिक निर्वाचनको सुनिश्चितता भएको छ । र, चौथो, संविधान संशोधन गर्ने सरल प्रक्रिया छ । यसमा पनि धेरै व्यवधान खडा गर्न खोजेका थिए । कतिपय विषय अपरिवर्तनीय राख्नुपर्छ भने । प्रस्तावनामा लेखिएको विषय दुई तिहाइले संशोधन गरेर जनमत संग्रहबाट अनुमोदन गर्नुपर्छ भने । अहिले सबै कुरा हटेको छ र सजिलोसँग संशोधन गर्न सकिने भएको छ । बाँकी एजेण्डा, आफ्नो मेहनन र वलमा भर पर्ने कुरा हो ।
मलाई आत्मविश्वास के छ भने यो चार कुरा ग्यारेन्टी भएकाले मलाई पुग्यो । बाँकी मेरो आफ्नो क्षमतामा भरपर्छ ।

संविधान बनेपछिका सम्भावित चुनौती
वास्तवमा संविधान त संविधानसभाबाट पारित भइसक्यो र केही दिनमा जारी पनि हुन्छ । तर, संविधान बन्नु र जारी हुनु नै सम्पूर्ण कुरा होइन । यसमा दुईवटा स्पष्ट चुनौती हामीले देखिरहेका छौं । पहिलो चुनौती आन्दोलनमा रहेका मधेस केन्दि्रत दलहरु र संविधानसभामा नरहेका राजनीतिक दलहरुलाई पनि कसरी राष्ट्रिय मुलधारामा समावेश गर्ने ? यो तत्कालीन चुनौतीको विषय छ ।
दोस्रो चुनौती के भने संविधानमा जुन अन्तरवस्तुहरु समेटिएका छन्, कतिपय अन्तरवस्तुमा अहिले पनि हाम्रो गम्भीर असहमति छ । कतिपय अन्तरवस्तु विरोधाभाषपूर्ण छन्, त्यसले मुलुकमा लामो समयसम्म अस्थिरता र अराजकतातर्फ धकेल्ने, मुलुकलाई नयाँ चरणको द्वन्द्वमा लैजाने खतरा छ । यसलाई कसरी हामी म्यानेज गर्छौं, यो दीर्घकालीन प्रकारको चुनौती हो ।

वास्तवमा के भने यसमा कुनै साम्प्रदायिक रंग दिन हुँदैन । मधेसी, आदिवासी जनजाति र थारुहरुले आफ्नो पहिचान र अधिकारको रक्षाका लागि उठाएको आवाज हो । विगतमा मुल रुपमा माओवादीले र पछाडि कांग्रेस र एमालेले पनि यो समुदायलाई उचाल्ने काम गरेको हो ।

अनेकौं किसिमका सम्भव, असम्भव आश्वासन दिएका छन् । अनेकौैं सहमति र सम्झौता भएका छन् । त्यसले अहिले संविधान निर्माणको बेलामा ती विषयहरु सम्बोधन नहुँदा स्वभाविकरुपले उनीहरु असन्तुष्ट र आक्रोसित हुने भए । त्यसको निराकरणको उपाय थियो ।

त्यो भनेको के हो भने प्रजातन्त्रमा ‘सेन्स अफ पार्टिसिपेसन’ भनेेको महत्वपूर्ण हुन्छ । तपाई सहभागी हुने अवसर पाउनुभयो भने हारलाई पनि स्वीकार गर्नुपर्छ, यो प्रजातान्त्रिक मान्यता हो । उनीहरु हिजो आन्दोलनका सहयात्री, सम्झौताका पक्षधर, अहिले निर्णय गर्ने बेलामा तीन दलका तीन नेता बसेर गर्ने र यसलाई माने मान, नमाने नमान भन्ने व्यवहार गरेपछि स्वभाविक रुपले असन्तुष्ट बनेका हुन् ।
त्यो निर्णय प्रक्रियामा मधेस केन्िद्रत दलहरुलाई सहभागी गराएर लामो बहसमा पुगेको भए साझा निष्कर्षमा पुगिन्थ्यो । यो संविधान निर्माणका क्रममा अभिलेखमै लेखिने कुरा के भने अन्यन्तै निरंकुश शैलीबाट निर्माण भएको छ ।

अब राप्रपा नेपालले के गर्छ ?
अब यो संविधानलाई हाम्रो आलोचनात्मक समर्थन रहन्छ । दोस्रो, आफ्नो एजेण्डामा प्रतिवद्ध रहँदै संविधानको परिधिभित्र रहेर प्रजातान्त्रिक पार्टीको रुपमा भूमिका निभाउँछौं । तेस्रो, राजनीतिक कुराका अतिरित्त आर्थिक विकास, भ्रष्टाचार निवारण, गरीबी र वेरोजगारी अन्त्य र सुशासनका कुरा लिएर जनतामा जान्छौं ।

चौथो कुरा, हिन्दुराष्ट्रको पक्षमा अन्य समान विचारधारा भएकाहरुसँग सहकार्य गर्छौं । यसका निम्ति तीन वर्ष कुर्नुपर्छ भन्ने छैन । सडकमा सशक्त दबाव सिर्जना गरेर त्यसलाई नै संविधान संशोधनको बाटोबाट हिन्दु राष्ट्र बनाउन सकिन्छ ।
- online khabar

अमेरिका जान चाहने नेपालीलाई अब एक हप्तामै भिसा !

काठमाडौं, ३१ भदौ । सामान्य नागरिकदेखि उच्च ओहदामा बसेकासम्मले अहिलेको आधुनिक युगमा अमेरिका जाने चाहना राखेका हुन्छन् ।

तर, अमेरिका जाने चाहना पूरा हुन निकै कठिन छ । अमेरिकाले आफ्नो देश आउन चाहने धेरैलाई भिसा नै दिँदैन् । पाउनेहरूले पनि निकै समय कुर्नुपर्छ ।
अब भने अमेरिकाले सहजै भिसा दिन थालेको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरी अमेरिकाले भिसा प्रक्रियालाई केही खुकुलो बनाएको हो ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आवश्यक प्रमाण पुगेका नेपाली नागरिकले अब एक हप्ताभित्रै अमेरिका प्रवेशको भिसा पाउन थालेका छन् ।


तर, त्यो भिसा ‘स्टुडेन्स भिसा’ हो । अमेरिकामा पढ्न तथा रोजगारी गर्न चाहने नेपाली युवालाई आवश्यक प्रक्रिया पुराए तत्कालै ‘स्टुडेन्ट भिसा’ दिने गरेको दूतावासले जनाएको छ ।
नेपालबाट ‘स्टुडेन्ट भिसा’मा विद्यार्थीलाई अमेरिका पठाउँदै आएका निजी शैक्षिक संस्थाहरूले पनि आवश्यक प्रक्रिया पूरा गरे अमेरिकाको भिसा एक हप्ताभित्रै प्राप्त गर्न सकिने जनाएका छन् ।
उनीहरूका अनुसार अंग्रेजी भाषा परीक्षाहरू (टोफेल, आइल्स, जी–म्याट, जीआरई, स्याट–१, स्याट–२) मध्ये कुनै एक उत्तीर्ण गरे नेपाली विद्यार्थीले सजिलै अमेरिकी भिसा पाउँछन् ।

‘स्टुडेन्स भिसा’मा अमेरिका छिर्ने नेपालीलाई कलेजले नै अनिवार्य रोजगारी दिने गर्दछ । ३ देखि ५ वर्षसम्मका लागि पाइने यो भिसा पश्चात आवश्यक प्रक्रिया पुराए अमेरिकाले ग्रीन कार्डसमेत दिन्छ ।
पछिल्लो समय नेपालीहरू ‘स्टुडन्स भिसा’मार्फत अमेरिकाका न्यूयोर्क, वाशिंटन, टक्सास, आइबा, कोलोराइडलगायतका सहरमा पढ्न र रोजगारी गर्न जाने गरेका छन् ।
विशेषगरी भाषागत ज्ञान भएका नेपालीका लागि ‘स्टुडेन्ट भिसा’मार्फत अमेरिका छिर्न सजिलो भएको निजी शैक्षिक संस्थाका सञ्चालकहरू बताउँछन् ।

यसैविषयमा अन्तर्राष्ट्रिय जगतमा नेपाली विद्यार्थीलाई ‘स्टुडेन्ट भिसा’मार्फत पढ्न र रोजगारी गर्न पठाउँदै आएको नेपालको एक निजी शैक्षिक संस्था अनुपम एजुकेशनका म्यानेजिङ डाइरेक्टर रवि अग्रहरीसँग गरिएको कुराकानी जस्ताको तस्तै :
– रवि अग्रहरी, म्यानेजिङ डाइरेक्टर, अनुपम एजुकेशन
पहिलो कुराः अमेरिका जान चाहेका तर, भिसा नपाएका नेपालीले अब ‘स्टुडेन्ट भिसा’ मार्फत सहजै जान सक्नेछन् । दोस्रो कुराः अमेरिकामै पढ्न चाहेका तर, भिसा नपाएका नेपाली विद्यार्थी झन् सजिलो भएको छ । उनीहरूको त योग्यता हुन्छ, प्रक्रिया पुराए एक हप्तामै भिसा पाउँछन् । यहाँ स्टुडेन्ट भिसा भएकाले एजुकेशनको क्वालिटीको कुरा आउँछ । सबै प्रक्रिया पुगेको छ र विद्यार्थीमा क्वालिटी छ भने उसले शतप्रतिशत छात्रवृति पनि पाउँछ । अहिले अमेरिकाले नेपाली विद्यार्थीलाई विशेष प्राथमिकता समेत दिएको छ ।
अमेरिका जाने नेपाली विद्यार्थीको रोजाई भनेको रोजगारी हुन्छ । रोजगारी त कलेजले आफैँ दिन्छ । जसबाट विद्यार्थीले आफ्नो पढाई खर्च, खानबस्नलगायत सबै खर्च मेन्टेन गर्न सक्छ । अर्काे कुरा अधिकांश नेपाली विद्यार्थी त्यहाँ(अमेरिका) पुगेर म्यानेजमेन्ट, इन्जिनियरिङ विषय पढ्छन् । यी विषयहरू पढ्नु भनेको पढाइ पश्चात अमेरिकामै राम्रो कम्पनीमा जागिरको बाटो खुल्ला गर्नु हो । पढाइ सकिएपछि वर्किङ भिसा हुँदै ग्रीन कार्ड पाउने बाटो पनि खुल्ला हुन्छ । तर, यो बीचमा केही शर्तहरू हुन्छन् । ती शर्तलाई पूरा गर्नुपर्ने हुन्छ ।
विद्यार्थी भएर अमेरिका छिर्न चाहिने भनेको भाषागत ज्ञान नै हो । जति बढी भाषामा ज्ञान हुन्छ त्यती नै सहुलियत हुन्छ । सामान्यता ‘स्टुडेन्ट भिसा’मार्फत अमेरिका छिर्न १० हजार डलर लाग्ने गरेको छ । त्योभन्दा बढी खर्च कलेज र सहरअनुसार हुन्छ । विभिन्न तथ्याङ्क अनुसार बर्सेनि १० हजार नेपालीले अमेरिकाको भिसा पाउँछन् । समग्रमा भन्दा अमेरिकाले नेपालीलाई अहिले ठूलो अवसर दिएको छ । भिसामा प्रोत्साहन गरेको छ । अरु देशभन्दा सजिलो बनाइदिएको छ ।
- dainik nepal
तलको बाकसको बीचमा थिच्नुसः

मेरो भविष्यवाणी आजसम्म असत्य भएको छैन, असोज ३ गते शुभमंगल छ

-ज्योतिष विहङ्गमराज तिमल्सिना
मैले आजसम्म मुलुकका सम्बन्धमा गरेको कुनै पनि भविष्यवाणी गलत सावित भएका छैनन् । संविधानसभाको निर्वाचन, न्यायाधीश देशको कार्यकारी हुने, सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी सत्य प्रमाणित भए ।
अब असोज ३ मा संविधान जारी गर्दा परिणाम के आउला ? यो प्रश्न धेरेको मनमा छ ।
२०७२ साल असोज ३ गते आइतबार अपरान्ह् पाँचबजे सप्तमी तिथी, प्रीति योग, जेष्ठ नक्षेत्र परेको छ । यो दिन सूर्य नारायणको तेजश्वी अंश पनि परेको छ । आइतबार सूर्यकै बार पनि हो ।
यो दिनको फल ज्योतिषको दृष्टिबाट नियाल्दा शुभ मंगलको दिन हो । यो दिन गरेका कामहरुले सुख, शान्ति, अमनचयन दिन्छन् । यो दिनलाई अशुभ भन्नु पर्ने कुनै कारण छैन ।
नेपालमा संविधान जारी गर्ने दिन असोज ३ गते नै तोकिएको छ । यो दिन संविधान जारी गर्दा के होला भन्ने आम चासो हुनु स्वाभाविक नै हो । तर आइतबारको ग्रह, नक्षेत्र आदिको विश्लेषण गर्दा यो दिन संविधान जारी गर्न शुभ मंगल छ ।
अब यो दिनको मात्रै होइन, देशकै अहिलेको अवस्था के छ भन्ने पनि बुझ्नु पर्छ । किनभने देशको अवस्थाले पनि देशभित्रका कार्यहरु प्रभावित हुन्छन् । नेपालमा अहिले वृहस्पति ग्रहको प्रभाव रहेको छ । त्यस्तै सूर्यको तेजश्वी अंश पनि नेपालमा अहिले परिरहेको छ । नेपालको राशी वृश्चिक हो । स्वामी मंगल हो । नक्षेत्र अनुराधा हो ।
यो वर्ष मुलुकको मंगल र शनिको अवस्था चाहिँ ठीक छैन । यी दुई ग्रह जब गलत स्थानमा बस्छन्, त्यो बेला अशान्ति, रक्तपात, दंगा हुने गर्छ । अहिले मंगल र शनिको अवस्थितिकै कारण मुलुकमा यस्तो भएको हो । तर शनि र मंगलको प्रभाव अहिले देखिए पनि यी दुई ग्रहको प्रभाव दीर्घकालीन हुन सक्दैन । किनभने वृहस्पति ग्रहको प्रभावले नेपाल शान्तितर्फ उन्मुख हुनै पर्छ । अमनचयन स्थापित हुनै पर्छ । मंगल र शनिको प्रभावलाई वृहस्पतिको प्रभावले उछिन्ने छ ।
डा. रामवरण यादबले संविधान जारी गर्ने कुरा छ । डा. यादवले संविधान जारी गर्दा पनि खास अनिष्ट हुने कुनै कारण देखिएको छैन । सुशील कोइरालाको चाहिँ कुण्डली नभएका कारण उहाँको प्रचलित नामबाटै भविष्यवाणी गर्नु पर्ने हुन्छ । प्रचलित नामकै आधारमा पनि कार्यकारी प्रमुखलाई यसपटक सफलताको योग परेको छ । सुरुमा बाधा र अड्चन आएपनि कोइराला असफल हुनेछैनन् । यहि अवसरमा म अर्को एक कुरा पनि सुनाउन चाहन्छु । मैले मुलुकको शान्ति, सुख र समृद्धिका लागि दश महाविद्याको साधना पनि गरेको थिएँ । जुन योगी नरहरि नाथ, धनशमशेरले मात्रै यस अघि गरेका थिए ।
(कुराकानीमा आधारित)
kathmandutoday.com