ज्योतिषको चेतावनीः भारत भ्रमण प्रचण्ड र देशका लागि पनि अशुभ !

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी तीव्र पारिरहेका बेला ज्योतिषीले भने बिहीबारको भारत भ्रमण अशुभ हुने भविष्यवाणी गरेका छन् ।

पोखराबाट काठमाडौँ आइपुगेका ज्योतिष शिरोमणि डा. बलराम उपाध्याय रेग्मीले प्रचण्डलाई आगामी बिहीबारबाट हुने भारत भ्रमण रोक्न सुझाव दिएका हुन् ।

शुक्रबार प्रेस काउन्सिलको बैठक चलिरहेकै बेला रेग्मीले भने – बिहीवार (भदौ ३० गते) प्रधानमन्त्री भारत जानु देश हितमा छैन, व्यक्तिगत रुपमा पनि ठीक छैन । जसरी पनि रोक्नुप¥यो ।’

प्रधानमन्त्री प्रचण्ड भने पहिलो विदेश भ्रमणका रुपमा आगामी बिहीबार भारत जाँदैछन् ।