प्रेम टुट्नु स्वास्थ्यका लागि फाइदाजनक !
प्रेम तथा मित्रताको सम्बन्ध जो हाम्रो रुची अनुसार स्थापित भएको हुन्छ त्यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रभाव पार्दछ ।सुखद तथा खुसीपूर्ण सम्बन्धले हाम्रो जिवनलाई स्वस्थ राख्न मद्दत गर्दछ भने तनावपूर्ण सम्बन्धले जिवनलाई तहसनहस बनाउनुका साथै स्वास्थ्यमा पनि गम्भीर असर पूराउँदछ ।
हालै भएको एक अध्ययनले तनावपूर्ण तथा खटपटिएको सम्बन्धबाट बाहिर निस्किनु स्वास्थ्यका लागि फाइदाजनक हुने तथ्य पत्ता लगाएको छ ।न्युर्योर्क युनिभर्सिटीकी शोधकर्ता प्राध्यापक एश्ले बरका अनुसार यदि तपाइँको प्रेम सम्बन्ध सुमधुर रुपमा चलिरहेको छैन भने त्यो तपाइँको स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले तपाइँ त्यस्तो तनावपूर्णर् सम्बन्धबाट बाहिरिएर एक्लै रहनु उपयुक्त हुन्छ ।
शोकर्ताका अनुसार कुनैपनि सम्बन्धमा कायम हुनु महत्वपूर्ण होइन । सुमधुर सम्बन्ध कायम गरिरहनु मात्र लाभदायक हो ।
इओवा युवा तथा परिवार परिायेजनाको तर्फबाट गरिएको उक्त अध्ययनका क्रममा युवाहरुले पछिल्लो दुई वर्षको अवधिमा आफ्नो प्रेम सम्बन्धमा अपेक्षाकृति रुपमा ठूलो परिवर्तन आएको महसुस गरेका थिए ।
शोधका क्रममा जति धेरै समयसम्म मानिसहरु सुमधुर सम्बन्धमा रहन सक्दछन् वा जति छिटै खराब सम्बन्धबाट बाहिर निस्किन सक्दछन् उनीहरुको स्वास्थ्य उति नै राम्रो हुने पाइएको छ । यस सम्बन्धी शोध जर्नल अफ फेमिली साइकोलोजीमा प्रकाशित छ ।