फागुन ६ गतेदेखि फागुन १२ गतेसम्मको राशिफल

फाल्गुन ६, २०७३-

मेष
आफन्तजनबाट प्राप्त हुने सुझावलाई आत्मसात् गरे फाइदा हुनेछ । लेखनका साथै आफ्नो कामले उचित स्थान पाउनेछन् । झिना–मसिना कुराले स्वास्थ्यमा गडबडी उत्पन्न गराउन सक्छ । धार्मिक तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।



वृष
सञ्चित धन खर्च हुन सक्छ । आभूषण खरिदमा पारिवारिक मत मिल्नेछ । सरसापटी तथा कर्जामा वृद्धि भै मानसिक तनाव उत्पन्न हुन सक्छ । भ्रमणको सिलसिलामा आफूले नै खर्च गर्नुपर्ने हुन्छ । खरानी रंगले समस्याबाट केही राहत प्रदान गर्नेछ ।




मिथुन
पारिवारिक सुख–सुविधाका निम्ति केही खर्च गर्नुपर्ने हुन्छ । लामो दूरीको यात्रामा खर्चले पिरोल्नेछ । परोपकार एवं धार्मिक क्षेत्रमा आकर्षित हुँदै प्रतिष्ठा प्राप्त हुने कार्य गर्न सकिनेछ । चुनौतीहरू यथास्थितिमै रहनेछन् ।



कर्कट
प्रियजनसँगको भेटघाटले दिनचर्या रमाइलो बनाउनेछ । कार्य सम्पादन गर्ने क्रममा सरसामान हराउन सक्छ । ठूलो लगानीबाट थालिएको कामले मुनाफा दिन थाल्नेछ । सेतो तथा क्रिम रंग प्रयोग गरे कार्य सम्पन्न गर्न सहज हुनेछ ।



सिंह
साथीभाइबाट आफूले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त नहुन सक्छ । अभिभावकको सरसल्लाहबेगर कारोबार गर्दा आर्थिक समस्या उत्पन्न हुनसक्छ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।



कन्या
परिस्थिति पहिचान गरी कार्य गरे प्रतिष्ठासहित इनाम प्राप्त हुनसक्छ । मित्रहरूले दिएका वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अरूको मुख ताक्नाले पछि परिएला । परोपकार तथा



तुला
स्वदेशमा नयाँ अवसरहरू हात लाग्न सक्छन् । प्रेमिकाको भावना साकार बनाउन थप धन खर्च गर्नुपर्नेछ । युवा–युवतीमाझ लोकप्रिय कार्य सञ्चालन गरेर चर्चित भइनेछ । धार्मिक तथा सामाजिक क्षेत्रमा सेवा गर्दा नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ ।



वृश्चिक
मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन कसिलो हुनेछ । आफूलाई चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । सोमबारदेखि कतिपय बाधा स्वत: किनारा लाग्नेछन् । इँटा रंगको प्रयोगले चुनौती सामना गर्न ऊर्जा ऊर्जा प्रदान गर्नेछ ।



धनु
मन पराउनेहरूले बेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । नगद सापटी लिएका साथीहरूले आर्थिक समस्यामा पार्न सक्छन् । खानपानमा हेलचेक्र्याइँ भै स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ ।



मकर
पारिवारिक असहयोगका कारण रोकिएका कार्यहरू सम्पन्न हुने वातावरण तयार हुनेछ । मांगलिक कार्यको तिथिमितिमा केही फेरबदल हुने सम्भावना छ । स्थान परिवर्तन तथा पदोन्नतिमा विवाद सिर्जना हुन सक्छ । लामो समयदेखि टाढिएका मित्रहरू नजिकिनेछन् ।



कुम्भ
धोकेबाजहरू प्रेम प्रस्ताव राख्दै नजिकिने प्रयास गर्न सक्छन् । परिवारका अभिभावकहरूसँग मतभेद उत्पन्न भै आफूप्रति गुनासो बढ्न सक्छ ।ध्यानपूर्वक गरिएका कार्यले भने फाइदा नै पुर्‍याउने देखिन्छ ।



मीन
गुलिया वस्तुको सेवन कम गर्नुहोला । सोमबारपछिको समय प्रेरणादायक रहनेछ । विदेशी साथीसँगको भेटले नयाँ अनुभव प्रदान गर्नेछ । श्रृंगार तथा सजावटसम्बन्धी कार्यमा धन खर्च गर्नुपर्नेछ । साताको अन्त्यमा धार्मिक स्थानको भ्रमण हुनसक्छ ।